महिलाको लाबारिसे शब फेला

घरसञ्चार
दाङ । दाङको लमहीमा महिलाको लाबारिसे शब फेला परेको छ ।

लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा मङ्गलबार बेलुका अन्दाजी ५० बर्षिय महिलाको शब फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

धर्म कर्मको जस्तो देखिने कपडा लगाएको महिलाको शब फेला परेको हो । स्थानियको भनाईलाई उदृत गर्दै प्रहरीका अनुसार उनी गाउँमा सहयोग माग्दै हिँडेकि थिईन ।
गर्मि र थकितका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको आँकलन छ । शबको पहिचान भने हुन सकेको छैन । शबलाई लमही अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *