लुम्बिनी प्रदेश पर्यटनमा उत्कृष्ट-मन्त्री न्यौपाने

घरसञ्चार
दाङ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले लुम्बिनी प्रदेश पर्यटकीय क्षेत्रमा मिनी नेपाल रहेको बताए ।
उनले सात प्रदेश मध्य लुम्बिनी प्रदेश नेपालकै उत्कृष्ट पर्यटनको परिचित प्रदेशको रुपमा रहेकोले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताका हुन । उनले भने,–। ‘लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारतसंग सीमा नाका जोडिएको दाङको कोइलाबास नाकालाई नियमित रुपमा सहज तवरले संचालन गर्न आवश्यक रहेको छ । यसको लागि संघीय सरकारले गम्भिरताका साथ साचो दिन जरुरी देखिन्छ ।’ लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेले भारतसंग सीमानाका जोडिएको दाङको कोइलाबास भन्सार कार्यालयबाट पटके व्यवस्थापन गर्ने बताए ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीले जैविक विविधता ग्रीनपार्कमा आयोजना गरेको सातौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै उनले भारतबाट नेपाल भित्रीने पर्यटकहरुबाट जनगुनासो बढी आउन थालेपछि, भारतीय पर्यटकहरुको विषयमा प्रदेश सरकारले तदारुकता देखाएको बताए ।
उनले भारतीय छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकहरुलाई नेपाल भित्र्याउने वातावरण सहज बनाउने बताए । उनले भने,–। ‘नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु अवलोकन गर्न आउने भारतीय पर्यटकहरुलाई नेपालमा भित्राउन कसरी सकिन्छ यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भिरतापूर्वक अगाडी बढ्नका लागि भालुवाङ्बाट वितरण गर्दै आइरहेको पटकेलाई कोइलाबासको भन्सार कार्यालयबाटै सहज रुपमा वितरण गर्ने तयारीका साथमा अगाडि प्रदेश सरकार बढेको छ ।’

मन्त्री न्यौपानेले स्थानिय सरकारले आफ्नो क्षेत्रभित्र विभन्नि रोजगारी सृजना गर्न विभिन्न उद्यमहरु संचालन गर्न आवश्यक रहेको बताउनुहुदैँ, यसको लागि प्रदेश सरकारले सधैव सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । उनले भने ,–। ‘विदेश पलायनबाट नेपाली नागरिकलाई रोक्नुपर्छ । आफ्नै स्वदेशमा रोजगारी सृजना गर्न तिनै तहका सरकार एक ठाउँमा उभिन जरुरी रहेको छ ।’
देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीको अध्यक्षता एवम् उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेको प्रमुख अतिथिमा सातौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव २०८१ को उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य जमशेर मिया, लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, नगर उपप्रमुख लक्ष्मी योगी, नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष नारायण भुषाल, उत्तरप्रदेश बलरामपुर जिल्ला तुलसिपुर नगर उद्योग व्यापार मण्डलका अध्यक्ष श्याम विहारी अग्रहरी, महामन्त्री रुपचन्द्र गुप्ता, दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष ध्रुव कुमार गहतराज, नेकपा एमाले लमही नगर कमिटीका अध्यक्ष रतन कुमार केसी, देउखुरी उद्योग बाणिज्य संघ लमहीका पूर्व अध्यक्ष लिलाराम खनाल लगायतले बोलेका थिए ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीका वरिष्ठ उपाध्यक्ष केशवराज पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बाणिज्य संघका महासचिव ईश्वर श्रेष्ठले गरेका हुन । साथै लमही महोत्सवमा पहिलो दिन माघ ११ गते चर्चित गायक हेमन्त शर्मा, कृष्ण रेउले, उद्घोष अनुप बुढा, दिपक बर्मा र राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मनोरञ्जन दिने कार्यक्रम रहेको कलाकार संयोजक शिवु खनालले बताए ।