माओबादी केन्द्रका अध्यक्ष तथा पुर्बप्रधानमन्त्रि प्रचण्ड दाङमा

घरसञ्चार
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ आएका छन ।

उनले आज शुक्रबार तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ ।


अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र बेलुका घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ ।
अध्यक्ष प्रचण्ड दाङ पुग्दा उपाध्यक्ष कृष्णबहादुर महरा, प्रदेश इन्चार्ज चक्रपाणी खनाल, स्थायी समिति सदस्य रेखा शर्मा, जिल्ला इन्चार्ज निर्मल आचार्यलगायत नेताहरुले स्वागत गरेका छन ।
अध्यक्ष प्रचण्ड भोलि सनिबार घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाण्डौ फर्किने छन ।
.

Leave a Reply

Your email address will not be published. Required fields are marked *