गौ ब्यबस्थापन सम्बन्धी लमहीमा छलफल

घरसञ्चार
दाङ । दाङको लमही नगरपालिका भित्रमा गाई ब्यबस्थापनका लागि छलफल भएको छ ।

विश्वहिन्दु युवा महासंघले गाैशाला ब्यवस्थापन तथा गाैँकाे धार्मिक, संस्कृति र वैज्ञानिक उपयोगिका सम्वन्धमा र छलफल गरेको हो ।
विश्वहिन्दु युवा महासंघका अध्यक्ष ऋषिकेशजंग शाहकाे अगुवाइमा शुरु भएको छलफलमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरी, लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरी, लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकाेटा, लमही नगरपालिका उपप्रमुख लक्ष्मी याेगि समाजसेवी विन्तिराम यादव, लगायत सराेकारवाला विच छलफल गरिएको हो ।

छलफलमा नगरपालिका नगरप्रमुख जाेगराज चाैधरीले आफु यस विषयमा गम्भीर रहेकाे वताउदै गाैँ संरक्षण संगै यसलाई आर्थिक विषयमा समेत जाेडेर जान सक्ने हाे भने स्वदेशमै स्वाराेजगार सृजना गर्न सक्ने वताए ।
नगर प्रमुख चाैधरीले गाै संरक्षण हिन्दु धर्म संगमात्र जाेडेर हेर्नु भन्दापनि यसकाे वैज्ञानिक रुपमा हुने उपयाेगी, यसका फाईदाका र मानव जीवनमा आवश्यक पर्न औषधीका वारे सचेतनाकाे कमिले गर्दा गाैका महत्त्व वुझाउन नसकेकाे वताए । गाै संरक्षणले आर्थिक पाटाेकाे रुपमा लिन र उपयोगी गर्न सक्ने हाे भने राम्रो आम्दानी गर्न सक्ने नगर प्रमुख चाैधरीले वताए ।

कार्यक्रममा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरीले गाै संरक्षण धर्म संगमा जाेडेर हेर्नू भन्दा पनि यसलाई आर्थिक पाटाे, मानव स्वास्थ्य, र स्वराेजगार संग जाेडेर अगाडी वढाउनु पर्ने वताए । विश्व हिन्दु युवा महासंघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले गाै हिन्दु धर्ममा मात्र जाेडिएकाे विषय मात्र नभई विश्वब्यापि रुपमा यसकाे महत्त्व नवुझ्दा गाै सडकमा आएकाे वताए । गाै वाट मानव जीवन मा आवश्यक पर्ने औषधीका रुपमा पाईने सबै तत्व पाउने भएकाले पनि गाै मानव जगत संरक्षणका लागि पनि गाै संरक्षण आवस्यक भएको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *