उद्घोषण, कम्प्यूटर र सिलाई-कटाई तालिमको भब्य समापन

घरसञ्चार
दाङ । स्वर्गद्वारी कस्यप समाज सेवा समिति लमहीको आयोजनामा सञ्चालित तालिमको समापन गरिएको छ ।

लमहीमा एक समारोहको आयोजना गरी संयुक्त रुपमा तालिमको समापन गरिएको हो । सेवा समितिका अध्यक्ष सञ्जय गुप्ताको अध्यक्षता र लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको कस्यप समाज सेवा समितीले जनाएको छ । सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेश नेपालको आर्थीक सहयोगमा तीन महिने कम्प्यूटर बेसिक तालिम र सिलाई कटाई तालिम सञ्चालिन गरिएको थियो । साथै स्वर्गद्वारी कस्यप समाज सेवा समिति लमहीले आफै आर्थीक व्यवस्थापन गरि जेठ २८ गतेदेखि ३२ गतेसम्म पाँचदिनसम्म उद्घोषण तालिम पनि चलाएको थियो ।

समयको सदुपयोग गर्दै आयोजकले तीनैवटा तालिको संयुक्त रुपमा भव्य समारोहको आयोजना गरी समापन गरेको छ । प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले तालिमका प्रशिक्षर्थीहरुलाई बधाई एवं शुभकामना दिंदै आगामी दिनमा थप दक्षता हांसिल हुनेगरी अवसर प्रदान गर्ने प्रतिबद्दता जनाए । तीन महिने सिलाई कटाई तालिमा २७ जना महिलाहरु, तीन महिने कम्प्यूटर बेसिक तालिममा ३९ जना विद्यार्थीहरु र पाँचदिने उद्घोषण तालिममा २८ जना प्रशिक्षार्थीहरु गरी जम्म ९४ जनालाई प्रमाण पत्र बितरण गरिएको छ । सोही अवसरमा उद्घोषण तालिमका प्रशिक्षक घोराही निवासी बिष्णु आर्ट, सिलाई कटाई तालिका प्रशिक्षक सुस्मिता चौधरी र कम्प्यूटर तालिमका प्रशिक्षक प्रयास चौधरीलाई प्रमुख अतिथिले सम्मान पत्र र मायाँको चिनो प्रदान गरेका थिए ।
परी गुप्ताको स्वागत मन्तब्य र “आँखैमा राख्छु मेरो देश” बोलको गीतमा सुन्दर स्वागत नृत्यबाट शुरु भएको कार्यक्रममा नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा, लमही नगरपालिका वडा नं ५ का वडा अध्यक्ष ओमप्रसाद सुबेदी ‘सागर’, दलित सचेतना अभियान दाङका अध्यक्ष शशिराम नेपालीले शुभकामना मन्तब्य राखेका थिए । भने सहभागिहरुको तर्फबाट गुन्जा गुप्ता, चाहत गुप्ता, सन्तोष मन्त्री, ई.सुरेश शाह लगायतले आफ्ना विचार राखे । सेवा समितिका महासचिव अरुण गुप्ताले व्यवस्थापन पक्ष हेरेका थिए भने उपाध्यक्ष नरेन्द्र गुप्ताले धन्यवाद मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *