दाङका सुन ब्यबसायीले गरे भन्सार बृद्धिदर खारेजीको माग  

घरसञ्चार
दाङ । सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाउन थालिएको भन्सार बृद्धि दर खारेजको माग गरेका छन ।  

नेपाल सुनचाँदी व्यावसायी संघ दाङले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महरालाई ज्ञापनपत्र बुझाउँदै भन्सार बृद्धि रोक्न आग्रह गरेको हो । सुनचाँदी व्यावसायी संघ घोराहीका अध्यक्ष बिनोदकुमार विश्वकर्मा, महासचिव मानबहादुर सेर्पाइली लगायतका जिल्ला कार्य समितिले मुख्यमन्त्री महरालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । भन्सार बिधेयक दर १५ प्रतिसत कायम थियो तर सरकारले यो दरलाई बढाएर २० प्रतिशत पुराउने योजना अघि सारेको छ । बृद्धीदर नबढाउन व्यवसायीहरुले लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन ।
भन्सार बृद्धिदरले सुन व्यवसायी मारमा पर्ने भन्दै तत्काल सरकारले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरेका थिए ।

देशभर बिस हजार सुन व्यवसायीले सुनको व्यापार गर्दै आएको भन्दै यसले दुईलाख नागगरिकलाई प्रत्येक्ष रोजगार दिएको नेपाल सूनचाँदी व्यवसायी संघ घोराहीका अध्यक्ष विनोदकुमार विश्वकर्माले बताए । सरकारले भन्सारको बृद्धि दर बढाउँदा सुन आयात घट्नुका साथै व्यवसाय बन्द हुदा लाखौको रोजगारी गुम्ने खतरा देखिएको विश्वकर्माले बताए । सरकारले भन्सार बृद्धिदर बढाउँदा सुन आयातको कोटा घट्ने हुदा राज्यले उठाउँदै आएको राजश्व स्वत: घट्ने उल्लेख गरिएको छ । ज्ञापज्ञपत्र बुझ्दै मुख्यमन्त्री जोगबहादुर महराले व्यावसायीको मागको सन्दर्भमा प्रदेश सरकार गम्भिर रहेको बताए । यस्तै नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीले जिल्ला प्रशासन कार्यालय दाङमा पनि सुनको भन्सार बृद्धिदर खारेजको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई ज्ञापनपत्र बुझाएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *