बुद्धिचाल राष्ट्रिय खेल प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशलाई

घरसञ्चार
दाङ । पोखरामा सम्पन्न बुद्धिचाल राष्ट्रिय प्रतियोगिताको उपाधी लुम्विनी प्रदेशले उचालेको छ ।

गत जेठ ३० र ३१ गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा लुम्विनी प्रदेशका १२ जिल्लाका आठ खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा छात्र र छात्राहरुको समूह बिच प्रतिष्प्रधा गराईएको थियो ।
यु–१५ राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा दाङ स्थित पर्ल एकेडेमी घोराहीमा अध्ययनरत छात्र कृतन भण्डारी, शान्ति नमूना सेकेण्डरी स्कूल तिलोतमा नगरपालिका –५ मणिग्राममा अध्ययनरत छात्र शुुशाान्त अर्याल, जय बागेश्वरी बोर्डिङ स्कूल नेपालगंजमा अध्ययनरत छात्र आरुस नाग र दिप बोर्डिङ स्कुल बुटवल उपमहानगरपालिका सुुख्खा नगरमा अध्ययनरत छात्र टपराज अधिकारी प्रतियोगितामा सहभागी भएका थिए ।

त्यस्तै लुम्विनी प्रदेशले छात्रा तर्फ पनि दोस्रो स्थान हांसिल गरेको छ । प्रतियोगितामा श्री आर्दश मावि नेपालगंजका अध्ययनरत छात्रा ईशा गिरी , श्री बंगलामुखी मावि गुुलरिया नगरपालिका –५ बर्दियाकि अन्जना थापा मगर, श्री महाकवि देवकोटा गुुलरिया–८ बर्दियाकि भावना रोका र गोरखा ईन्टरनेशनल पब्लिक सेकेण्डरी स्कूल घोराहीमा अध्ययनरत छात्रा खुसी बाँठा मगरले दोस्रो स्थान हांसिल गरेका छन ।
राष्ट्रिय प्रतियोगितामा ७ वटै प्रदेशको प्रदेश स्तरिय समूह बिचमा प्रतिष्प्रधा गराईएको थियो । दुवै समूहको अंक जोड्दा लुम्विनी प्रदेश छात्र छात्रा अंक जोड्दा प्रथम स्थान हात पारेको बुद्धिचाल संघ दाङका अध्यक्ष तथा राष्ट्रिय खेल प्रतियोगिताका लुम्विनी प्रदेशका टिम निर्देशक अनिल शेरपाईलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *