दाङमा निःशुल्क क्रिकेट प्रशिक्षण चल्दै

घरसञ्चार
दाङ । दाङको लमहीमा नि:शुल्क क्रिकेट प्रशिक्षण हुने भएको छ ।
नेपालका राष्ट्रिय क्रिकेट खेलाडी वसन्त रेग्मीले निःशुल्क क्रिकेट प्रशिक्षण दिन थालेका हुन् । लमही नगरपालिका–५ स्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा दाङ लगायत अन्यत्र जिल्लाका क्रिकेट खेलाडीहरुलाई लक्षित गरी १५ दिने निःशुल्क प्रशिक्षण सुरु गर्न थालेका छन । असार ३ गते सोमवार देखी क्रिकेट प्रशिक्षण क्याम्प सञ्चालन गर्न थालिएको हो ।
यस क्षेत्रका खेलाडीहरु पनि राष्ट्रिय, अन्तराष्ट्रिय खेलमा भाग लिन सकुन भन्ने हेतुले आफ्नो ईच्छा अनुरुप प्रशिक्षण दिन थालिएको क्रिकेटर बसन्त रेग्मीले बताए । खेलाडीको जग बलियो भयो भने मात्रै खेलको बिकाश हुन्छ र जसका कारण देशको पनि बिकास सम्भव छ उनले भने । ‘खेलको बिकाशका निम्ति प्रशिक्षण आबस्यक छ, यसक्षेत्रका खेलाडीपनि ठुला प्रतियोगितामा सहभागी बनुन् क्रिकेटर रेग्मीले भने-खेलकुदले देशको पनि बिकाश हुनेछ ।’
प्रशिक्षण कार्यक्रम सम्बन्धी आईतबार लमहीमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको थियो । स्थानीय सुदिप पाण्डे, किरण खनाल, विकास भट्टराई, केशव घिमिरे लगायतका युवाहरुको पहलमा राष्ट्रिय क्रिकेट खेलाडी बसन्त रेग्मीले लमहीमा प्रशिक्षण दिन आएका हुन । क्रिकेटर रेग्मी सन् २०१४ को विश्वकप क्रिकेट प्रतियोगीतामा भाग लिईसकेका खेलाडी हुन । भैरहवा निवासी रेग्मी क्रिकेटमा अनुभबी खेलाडीका रुपमा परिचित छन् ।