प्रहरीको दमन नरोकिए कडा सँघर्ष गर्ने बिप्लबको चेतावनी-गुठिपिडित आन्दोलन

हेमन्त प्रकाश वली
दाङ- नेपाल कम्युनिस्ट पार्टी ‘बिप्लब’ ले गुठिपिडित आन्दोलनमा प्रहरीले गरेको दमन नरोकिए कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

नेकपा बिप्लब पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सिको हस्ताक्षरित बिज्ञप्तीमा यस्तो चेतावनी दिईएको हो । सरकारले किसानलाई गुठि जग्गा उपलब्ध गराउने भनि बारम्बार आस्वासन दिने तर कार्यान्वयन नगर्ने भन्दै गुठि किसानहरु आन्दोलित भएका हुन ।
उनिहरुले आईतबार दाङको जिल्ला मालपोत र नापी कार्यालय समेत घेराउ गर्दै तालाबन्दी समेत गरे । आन्दोलनका क्रममा प्रहरीको धरपकढमा परि केही घाईते समेत भएका छन ।

बिज्ञप्तीमा जमिनको स्वामित्व मागिरहेका किसानहरुमाथी गरिएको दमन र ज्यादतीको निन्दा र भत्सर्ना गर्दै घाइतेहरुको भरपर्दो निशुल्क निशुल्क व्यवस्था मिलाउन गम्भीर ध्यानाकर्षण गराइएको छ ।
बिज्ञप्तीमा किसानहरुले चलाइरहेको संघर्षमा पार्टीको बिगतदेखि नै सहयोग र समर्थन रहँदै आएको र आजदेखि किसानले थालेको आन्दोलनमा पनि पुर्ण समर्थन सहित सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ ।
यस्तै प्रचण्ड-केपी सरकारले किसानलाई जमिनको पुर्ण स्वामित्व यथासिघ्र उपलब्ध गराउन जोडदार माग गरिएको छ । साथै किसानमाथीको दमनकारी रवैया नरोके पार्टीको तर्फबाट कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *