दाङमा लागू औषध सहित दुई नाबालक पक्राउ

घरसञ्चार
दाङ- दाङमा लागू औषध सहित नेपाल प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
शनिबार बेलुका लमही नगरपालिका-५ लमही बजार स्थित न्यु प्युठानी रोल्पाली होटलमा बसेका २ जना ब्यक्तिहरुलाई लागु औषध (खैरो हिरोईन) सँगै पक्राउ गरिएको हो ।
गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले जानकारी दिए ।
सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट ९० मिलिग्राम लागु औषध (खैरो हिरोईन) जस्तो देखिने खैरो धुलो पदार्थ र लागु औषध सेवन गर्न प्रयोग गर्ने औजार सहित उनिहरुलाई पक्राउ गरिएको बताईएको छ ।दाङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको लमही प्रहरीले बताएको छ । उनिहरु उमेरले नाबालक भएको प्रहरीले बताएको छ ।