जातिय भेदभाव तथा छुवाछुट सम्बन्धी प्रहरीको जनचेतना कार्यक्रम

श्रवन कुमार यादब

गढवा । ईलाका प्रहरी कार्यालय गढवाले
जातिय भेदभाव तथा छुवाछुट उन्मुलन सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ ।

जातिय भेदभाब तथा छुवाछुट राष्ट्रिय दिवस २०८१ को अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । राजपुर गाउँपालिका-२, स्थित जनज्योति माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान, कानूनमा भएको व्यवस्था र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका विविध जागरणमूलक विषयमा छलफल तथा अन्तरक्रिया भएको हो ।

ईलाका प्रहरी कार्यालय गढवाकोे आयोजनामा भएको कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्र/छात्रा गरी करिब १४०-१५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
ईप्रका गढवाका प्रहरी निरिक्षक कालिका कार्कीले छुवाछुट तथा कानुनी प्राबधान र कारबाहीका बारेमा प्रशिक्षण दिएकी हुन ।जनज्योति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक केशव राम यादवको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *