दुधको बजारीकरणमा समस्या

श्रवण कुमार यादव

दाङ । व्यवसायिक रुपमा पशुपालन गर्न थालेपछि दाङको राजपुर गाउँपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।

किसानले दूध बेचेर वार्षिक लाखौं रुपैयाँ सम्म आम्दानी गर्ने गरेको बताउँछन । परम्परागत ब्यबसायिक रुपमा भैंसी पालन गरि किसानले उत्पादन गरेका दूध पालिका भन्दा बाहिर बेच्नुपर्ने बाध्यता भने यथावत छ । स्थानिय स्तरमा दूध खपत नहुँदा बाहिरी बजारमा कुद्नुपर्ने किसानहरु बताउछन । उनिहरुले उत्पादन गरेका दही, दुध स्थानियस्तरमा विक्रि नहुँदा दिनहु लमही, घोराही भालुवाङका बजारसम्म विक्रिका लागि जानुपर्ने बाध्यता छ । स्थानिय स्तरमै उत्पादित दूध खपत हुनेगरी स्थानिय सरकारले चासो दिनुपर्ने एक किसानले बताए ।

राजपुर गाउँपालिका-३ प्रतापपुरका नारायण प्रसाद यादवले दैनिक ५ सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा लमही-घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी हो । घरपरिवारले बिहान उठेदेखि गाईभैंसीको स्याहार गर्नु, दिनभर गाईभैंसीलाई चराउन जानु उनिहरुको दिनचर्या हो ।

उनको घरमा ३५ वटा भैंसी छन । गाउँबाट दुध संकलन गरी दैनिक लमही, घोराही धाउनमा व्यस्त रहन्छन् उनी । संकलन गरेर बजार पुर्याइएका दुध भने दूध डेरी पसल र होटलमा बिक्रि गर्छन । उनले हाल मासिक एक लाख आम्दानी गरिरहेको बताउछन् । उनको आफ्नै भैंसी फर्म छ र उनी आफ्नो घरकाे भैंसी फर्मबाट उत्पादित ४० लिटरसँगै गाउँका अन्य किसानहरूले उत्पादन गरेको दूध संकलन गरी बिक्री गर्छन् ।

उनिजस्तै सोही ठाँउ निवासी गोरखनाथ यादवले पनि गाईभैँसीको हेरचाह सँगै दूध बेच्न जाने आउने गर्दै दिन बित्छ । परम्परागत ब्यबसायिक भैंसी पालन उनको पनि मुख्य पेशा हो । उनले भैँसीका आहारा आफै उत्पादन गरेको बताउछन । यादवले दैनिक रूपमा दही घोराही बेच्न जाने र बचेको दही घरघरमा गई बेच्नेगरेको सुनाए । दहि, दुधबाट अहिले उनी मासिक ७० हजार जति आम्दानी गरिरहेको बताउछन । उनको आफ्नै भैंसी फर्म त छ तर स्थानीय सरकारले व्यवस्थित बनाउन नसक्दा समस्या थपिरहने उनी बताउछन । ब्यबस्थित गर्न सरकारले केही सहयाेग गरिदिए व्यवसाय अझ फस्टाउने गोरखनाथको बुझाई छ ।

दाङको राजपुर गाउँपालिका वडा नं ३,४ र ५ मा प्राय यादव समुदायकाे बस्ती छन । उनिहरु सबैको ब्यबसाय भैंसी पालन नै हो । गाई भैंसी पाल्नु नै यो गाउँ र यी यादव समुदायको पुर्खौली पेशा हो ।

पर्याप्त चरण क्षेत्र भएको हुँदा यहाँका स्थानीयले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरू जस्ता राजपुरमा सयौँ पशुपालक छन् । उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट टाढै छन् । गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिंगो राजपुरलाई आत्मनिर्भर बनाउन सकिने स्थानीय बासिन्दाको बुझाइ छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, राजपुर गाँउपालिकासँगको साझेदारी र हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोगमा भैंसी पालक किसानहरुलाई लक्षित गरेर भकारो सुधार कार्यक्रमलाई अभियानको रुपमा अघि बढाइएको राजपुर गाँउपालीका उपाध्यक्ष धनपति देवी यादवले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *