दाङमा पर्यटकिय तालमा डुबेर एकजनाको मृत्यु

घरसञ्चार
दाङ- दाङमा एक पर्यटकिय तालमा डुबेर एकजनाको ज्यान गएको छ ।
पश्चिम दाङको पर्यटकिय स्थल पुरन्धारा छहरामा डुबेर दाङ तुलसीपुर उपमहानगर पालिका-४ बनहरीका ३० बर्षीय दिपक न्यौपानेको मृत्यु भएको ईलका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए ।
न्यौपाने त्यहा स्थित छहराको तालमा साथीहरु सँगपौडि खेल्नभनी गएका थिए । उनको शनिवार बेलुका मृत्यु भएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।