दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

घरसञ्चार
दाङ- दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।

जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मैवालेकमा सोमबार बिहान रा ३ प ५७९१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ बर्षिय खेतुलाल नेपालीको मृत्यु भएको हो भने वडा नम्वर ३ दाङवाङ निवासी ३८ वर्षिय मोटर साईकल चालक चेतबहादुर डाँगी घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङकम डिएसपि जनकमल्लले बताए ।

घाईते डाँगीको दायाँ खुट्टामा चोट लागेको छ । उनलाई ईलाका प्रहरी कार्यालय कमिरेचौरको टोलिले उद्धार गरी घोराही ल्याईएको प्रहरीले बताएको छ । साँगुरो अप्ठेरो बाटोका कारण मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *