स्वर्गद्वारी गुठी पिडित किसान आन्दोलित, मालपोत र नापी घेराउ

घरसञ्चार
दाङ- स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् ।
आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै मोही पीडित किसानहरू तालाबन्दीमा उत्रिएका हुन । सरकारले पटकपटक गरेका सम्झौता कार्यान्वयन नगरेका कारण दवावस्वरुप तालाबन्दी गर्नु परेको गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । उनले उथासिघ्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गरिने जानकारी दिए ।
तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई घेरेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । धरपकडमा केही किसान घाईते भएका छन । उनिहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जनाईएको छ ।