नेपाल-भारत मैत्रीपुर्ण टि२० सिरिजको उपाधी देउखुरी वारियर्सलाई

घरसञ्चार, दाङ
२० जेठ- दाङको लमहीमा शनिबारदेखी शुरु भएको नेपाल-भारत मैत्रीपुर्ण टि-२० सिरिजको उपाधी देउखुरी वारियर्सले उठाएको छ ।
भारतको आन्द्र प्रदेश स्थित ग्रेट स्टेप क्रीकेट संघ अफ इन्डियाको समुह र नेपाल दाङ स्थित देउखुरी वारियर्स बिच भएको मैत्रीपुर्ण खेलको दोस्रो दिनको पहिलो म्याचमा वारियर्सले जित निकाल्दै सिरिज पक्का गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजको भारतिय टिमले ९ दशमलव ५ बलमा आफ्नो सम्पूर्ण विकेट गुमाएर ४६ रनमा समेटियो । भारतिय टिमका लागि कनुरी साईरामले १९ रन र कोराई मणिकन्तले १० रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अँक बनाउन सकेनन् । भारतिय टिम लाई सस्तैमा समेट्न वारियर्सका दिवान पुनले ३ दशमलव ५ ओभरमा १ मेडन राखी ४ रन खर्चेर ८ विकेट लिए । त्यस्तै तुल बहादुर थापा र राज कुमार कुमालले समान १-१ विकेट लिए ।
जवाफी ४७ रनको लक्ष्य पछ्याएको वारियर्सले ९ ओभर पूरा खेल्दै २ विकेटको क्षेतीमा भेट्टायो । वारियर्सका लागि किशन भारतीले नटआउट २४ रन र मुनिन्द्र गुप्ताले १३ रन नटआउट बनाए । बलिङमा भारतिय टिमका मनिकन्तले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा खेलको म्यान अफ दि म्याच वारियर्सका दिवान पुन भए । उनलाई वारियर्सका अध्यक्ष सरोज बस्नेतले म्यान अफ द म्याचको ट्रफी सुम्पिए ।