दाङको राजपुरमा नेपाल तरुणदल बिस्तार

घरसञ्चार, दाङ
२० जेठ- दाङको राजपुरमा तरुणदल बिस्तार गरिएको छ । राजपुर गाउँपालिकामा नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुणदल गठन गरिएको हो । तरुणदल दाङ जिल्लाको जिल्लाभरी गठन गर्ने कार्यक्रम अन्तरगत राजपुरमा पनि गठन गरिएको नेपाल तरुणदल क्षेत्र नम्बर १ का अध्यक्ष किरण बिक्रम शाहले बताए । काँग्रेसलाई शसक्त र क्रियासिल बनाउन तरुणदल गठन गर्ने कार्य जिल्लाभरी चलिरहेको उनले बताए ।
प्रमोद बस्नेतको अध्यक्षतामा १९ सदस्यिय नेपाल तरुणदल राजपुर गाउँपालिका गठन गरिएको छ । जसको उपाध्यक्षमा राम सागर यादव र अन्जु कुमारी यादव, सचिब सुबास पुन मगर, सहसचिब बसन्त बस्नेत, कोषाध्यक्ष गिता यादव, सदस्यहरुमा तिलक चलाउने, धन बहादुर घर्ति, दीप नारायण यादव, नविन योगी – सदस्य, विजय यादव, कमलेश यादव, देवराज चौधरी, सुरेश खड्का, गंगा डाँगी, हेमराज यादव, संजय यादव, हरीश चन्द यादव र अमरनाथ यादव सर्बसहमतीबाट चयन भएका हुन ।
नेपाली कांग्रेस राजपुर गाउँपालिकाका सभापति नरेंद्र सिंह भण्डारीको अध्यक्षतामा तथा महासमिति सदस्य जानकिलाल बस्नेतको प्रमुख आतिथ्यता एबम् क्षेत्र नं १ का सभापती भेषराज पाण्डे र राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो ।
नेपाल तरुणदल दाङ जिल्लाका प्रतिनिधि बसन्त गिरी, रेशम नेपाली र अर्जुन बस्नेतको उपस्थितीमा भएको कार्यक्रमको सहजिकरण नेपाल तरुण दल दाङ जिल्ला क्षेत्र नं १ का अध्यक्ष किरण विक्रम शाहले गरेका थिए ।