जनप्रतिनिधीलाई चुनाबी एजेन्डा अनुसार काम गर्न निर्देशन

घरसञ्चार, दाङ
१९ जेठ- नेपाली काङ्ग्रेस क्षेत्रिय सभापती भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
स्थानियतहका जनप्रतिनिधीसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्यक्ष रुपमा सराेकार राख्ने सवाललाई ध्यानमा राखेर काम गर्ने निर्देशन दिएका हुन । कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकि, वडानं ४ का अध्यक्ष रामछाेर यादव ,२ नं वडाअध्यक्ष ओमप्रकाश यादव राजपुर गाउँपालिकामा चुनावमा प्रतिवद्वता अनुसार शिक्षा , स्वास्थ्य निशुल्क उपलब्ध गराईने बताए ।
राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकिले राजपुर गाउँपालिका वासिले स्थानिय सरकारकाे आभाष हुने गरि काम गरेकाे जिकिर गरे । उनले भने प्रत्यक वडामा कृषी तथा पशु प्राविधिक खटाएर वडामै सेवा पुर्याका छौँ ।
युवाहरुका लागि सिपमुलक तालिमकाे ब्यवस्था गरि राजपुर गाउपालिकामा नै स्वराेजगार वन्न प्रेरित गरिरहेको बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकिलाल वस्नेतले काङ्ग्रेसले स्थानिय सरकारले जनताका सवालमा केन्द्रीत भएर काम गर्नुपर्ने वताए । उनले भने काङ्ग्रेस जनताकाे पाटि हाे, जनतालाई प्रत्यक्ष लाभ हुनेगरी जनताको शिर उच्च बनाउन काम गर्नुपर्ने वताए ।