अचम्मको ध्यानाकर्षण: मुख्य सडकमै रोपियो केराको बोट
भिसुन शाही भालुबाङ । देउखुरी स्थित पुर्बपश्चिम राजमार्गमा स्थानियले सडकमै केरा रोपेर बिरोध जनाएका छन् । राजमार्गको जर्जर अवस्थाका कारण लगातार भइरहेका दुर्घटनाप्रति आक्रोशित राप्ती गाउँपालिका–१ का स्थानीयहरूले अनौठो तरिकाबाट विरोध जनाएका हुन् । बुधबार बिहान, उनीहरूले राजमार्गमा परेका खाल्टोमा केरा रोप्दै सडक विभागको उदासीनतामाथि चर्को प्रश्न गरेका छन् । “खाल्डो हो कि बारी? कि…



