RSS को निम्तोमा देउखुरी उबा संघ परिवार भारत प्रस्थान हुने

घरसञ्चार दाङ । देउखुरी उद्योग बाणिज्य संघको परिवार होली मिलन कार्यक्रम मनाउन भारत प्रस्थान गर्ने भएको छ ।राष्ट्रीय स्वयंसेवक संघ (RSS) बलरामपुर जिल्ला समिती भारतको निम्तोमा बाणिज्य परिवार आज शुक्रबार होली मिलन कार्यक्रममा सहभागी हुने भएको बाणिज्य संघका अध्यक्ष कमल जँग सिँह ठकुरीले जानकारी दिए । नेपाल भारत सिमा स्थित कोईलाबास नाकामा भारतिय शसस्त्र प्रहरी…

Read More

कर्णालीलाई ४४ रनले पछि पार्दै पुलिस क्लब फाईनल प्रबेश

घरसञ्चार दाङ । बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौं जीत निकालेको छ । याे जितसँगै पुलिसले याे वर्षकाे फाईनलमा स्थान सुरक्षित गरेकाे छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा पुलिस क्लबले…

Read More

डगमारा नाकामा स्वास्थ्य ईकाई स्थापना, दुर्गम बस्तीमा प्रदेश सरकारको अनुभूति गराउँछौ-मन्त्री न्यौपाने

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले लुम्बिनी प्रदेश सरकार विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । उनले लुम्बिनी प्रदेश सरकारको अनुभूति हुने गरी प्रदेशस्तरमा विकास निर्माणलाई अगाडी बढाइएको बताए । बिहिवार दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाकामा सामुदायिक स्वास्थ्य इकाई तथा वर्थिङ्ग सेन्टर भवनको उद्घाटन…

Read More

किरण ठगुन्नाकाे शतकमा काेशी प्रदेश विरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

घरसञ्चार दाङ । युवा ब्याटर किरण ठगुन्नाकाे शतककाे मद्दतमा आईतबार सुदूरपश्चिम प्रदेशले काेशी प्रदेशलाई ३१ रनले पराजित गरेकाे छ । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा २४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनकाे जीत हांसिल…

Read More

नेपाली काँग्रेस दाङ-१ ‘ख’ को प्रदेश सम्मेल हुँदै, केन्द्रीय सदस्य चौधरीले संबोधन गर्ने

घरसञ्चार दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर-१ प्रदेश ‘ख’ देउखुरीको प्रदेश सम्मेलन यही चैत्र १६ गते लमहीमा हुने भएको छ । बर्षभरी गरेका कामहरुको समीक्षा तथा सुझाब संकलनका लागि नेपाली काँग्रेस केन्द्रीय समितीको निर्णय अनुसार काँग्रेसका विभिन्न समितीहरुले आ-आफ्नो सम्मेलन गर्दैछन् । दाङमा रहेका बिभिन्न काँग्रेस समितीहरुले पनि सम्मेलनको तयारी थालेका छन । यसै…

Read More

पिएम कपमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै आर्मी क्लब बिजयी

घरसञ्चारदाङ । विभागीय टाेली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ। दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा गण्डकी प्रदेशले दिएकाे ११७ रनकाे मध्यम लक्ष्य २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पुरा गर्याे । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा आर्मीका तृतराज…

Read More

लुम्बिनी ४ खेल जित्दै अँक तालिकाको त्यस्रो स्थानमा, मधेश प्रदेश ७५ रनमा अलआउट-पिएम कप

घरसञ्चारदाङ । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चाैथाे जीत हांसिल गरेकाे छ । लुम्बिनीका स्पिनरले कसिलाे बलिङ गरेपछि मधेश प्रदेशले मध्यम लक्ष्य पनि जित्न सकेन । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको खेलमा १५९ रनकाे विजयी लक्ष्य पछ्याएकाे मधेश प्रदेशका कुनैपनि खेलाडीले जिम्मेवारीपूर्वक…

Read More

आत्मनिर्भर लघुवित्तले दिएको सफल्ता, कुखुरा पालनबाट मनग्य आम्दानी

घरसञ्चारदाङ । गढवा गाउँपालिका वडा नम्बर ४ पर्सेनी निवासी उर्मिला चौधरी व्यावसायिक कुखुरापालनमा लागेको १३ बर्ष भयो । कृषि पशुपन्छी फर्म सञ्चालन गर्दै आएकी चौधरीले व्यावसायिक कुखुरापालनबाट मासिक रु एक लाख बचत गर्छिन । २७ वर्षीय उर्मिला चौधरीले १३ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताईन । उनि १० वर्षयता कुखुरा बाहेक अन्य कुनै व्यवसायीमा…

Read More

लुम्बिनीका स्पिनर चम्किदा बागमती प्रदेश ६७ रनमा अलआउट

घरसञ्चारदाङ । लुम्बिनीका स्पिनर चम्किएसँगै लाे स्काेेरिङ लक्ष्य बचाउँदै बाग्मती प्रदेश विरुद्ध ४८ रनकाे सानदार जीत हांसिल गरेकाे छ । दाङ देउखुरीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत लुम्बिनी प्रदेशले दिएकाे ११६ रनकाे सामान्य लक्ष्य पछ्याएकाे बाग्मती प्रदेश २२ दशमलव ५ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियाे । लमहीस्थित देउखुरी…

Read More

पिएम कपमा नेपाल पुलिसकाे लगातार चाैथाे जीत, मधेश प्रदेश १९३ रनले पराजित

घरसञ्चारदाङ । उपाधी दावेदारी देखाईरहेकाे नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनको फराकिलो अन्तरले हराउँदै पिएम कपमा लगातार चाैथाे जीत निकालेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज पुलिस क्लबले दिएकाे २८९ रनकाे विशाल लक्ष्य पछ्याएकाे मधेश प्रदेशकाे टिम ९५ रन बनाउँदै २६ दशमलब १ ओभरमा अलआउट भएपछी १९३ रनकाे सहज जीत निकालेकाे हाे…

Read More