जय महाकाल युवा समूहद्वारा दाङ लमही महोत्सवमा निःशुल्क जलपान सेवा
घरसञ्चार देउखुरी । सामाजिक सेवामा सक्रिय रहँदै आएको जय महाकाल युवा समूहले लमहीमा सञ्चालन भइरहेको महोत्सवमा सर्वसाधारणका लागि निःशुल्क जलपान सेवा उपलब्ध गराएको छ । महोत्सव अवधिभर समूहले चिया तथा पानी निःशुल्क वितरण गर्दै सेवामूलक अभियानलाई निरन्तरता दिएको हो । लमहीको जैविक विविधता पार्कमा आयोजना भइरहेको महोत्सवमा आउने दर्शक, आगन्तुक तथा श्रमिकहरूलाई लक्षित गर्दै समूहले…






