बजार ब्यबस्थापन गर्न गढवा उद्योग बाणिज्य संघको चासो

घरसञ्चार
गढवा । गढवा बजार ब्यबस्थापन र हाट बजार लगाउन गढवा उद्याेग बाणिज्य संघले चासो दिएको छ ।
गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम बसेलको नेतृत्वको टोलीले बजार ब्यबस्थापन तथा गढवा बजारमा हाट बजार संचालनको ७ बुँदे एजेण्डा साेमबार गढवा गाउँपालिकालाई बुझाएकाे हो ।
अस्तब्यस्त रहेकाे तरकारी बजार लाई ब्यबस्थापन, बजार क्षेत्रमा रहेका ठेला, ढेब्ली तथा फुटपाथमा रहेका सामाग्रीहरू ब्यबस्थापन, गढवामा पशु हाटबजार, ब्यबसायिक हाट बजार संचालन, बजार क्षेत्रमा दिर्घकालीन सडकबत्ति ब्यबस्थापन, गुणस्तरिय सिसि क्यामेरा जडान, गाउँपालिकाले परियाेजना मार्फत निर्माण गरेकाे भवन यथासिघ्र संचालन लगायतका महत्वपूर्ण बिषयहरू राखी उद्योग बाणिज्य संघले पालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रेललाई ध्यानाकर्षण गराएको हो ।

पत्र बुझ्दै पालिका अध्यक्ष शर्माले आवश्यक्ताकाे विषय उद्योग बाणिज्य संघले उठाएकाे बताउदै, यस बिषयमा पालिकाले कामहरू अघि बढाउने बताए । अध्यक्ष शर्माले फागुन १ गते बाटै हाट बजार संचालन गर्ने गरि तयारी गरिएकाे जानकारी गराउदै, गढवा चाेक मा अस्तब्यस्त रहेकाे तरकारी, ढेब्ली तथा ठेलालाई तत्कालै ब्यबस्थापन गरिने बताए ।
ब्यबसायी संचालक, उद्योग बाणिज्य संघ र सम्बन्धित पक्ष सँग एक कार्यक्रम गरि ब्यबस्थापन छिट्टै गरिने जानकारी गराउँदै अध्यक्ष शर्माले बजार क्षेत्रमा सडकबत्ती तथा सिसि क्यामेरा समेत सम्बन्धित वडा सँग छलफल गरी जडान गरिने बताए ।
यता गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलले रातमा बजार क्षेत्र नै अन्धकार हुँदा, सिसि क्यामेरा नहुदा चाेरीका घटनाहरू बढ्न थालेकाले ध्यानाकर्षण पत्र बुझाईएकाे जानकारी दिए ।

अध्यक्ष बसेलले बजार ब्यबस्थापन र हाट बजारका निम्ति उद्योग बाणिज्य संघ सधै पालिकाको पक्षमा रहेको बताए । गढवाकाे मेनचाेक साघुराे भएकाेले सडक बिभाग दाङ र हुलाकी राजमार्ग नेपालगंज सँग समन्वय गरि चाेक फराकिलाे बनाउन पहल समेत गरिरहेको बताए ।
टाेलिमा संघका अध्यक्ष बसेल, पुर्व अध्यक्ष रबिलाल आचार्य, बरिष्ठ उपाध्यक्ष मधा न्याैपाने, उपाध्यक्ष चिन्ताप्रसाद पाेख्रेल, सल्लाहकार उमाकान्त पन्त, रामप्रसाद गैरे, गुमानसिंह गुरूङ, प्रेस सल्लाहकार शिवराज पन्थि, सदस्यहरू राज कुमार नेपाली, डेगमान जिसि लगायतकाे सहभागीता रहेकाे थियाे ।