लमही खानेपानीमा नेपाल सरकारको २५ करोड बजेट

घरसञ्चार
दाङ । नेपाल सरकारले लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई स्रोत सुनिश्चितताको लागि २५ करोड रुपैयाँ प्रदान गरेको छ ।
यो बजेटको स्रोत सुनिश्चितता माघ ६ गते मात्र भएको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निवर्तमान अध्यक्ष जंग बहादुर चौधरीले जानकारी दिए ।
यो बजेटबाट लमही खानेपानी कम्पाउण्ड भित्र ४ लाख ५० घन मिटरको ओभर हेड टंकी निर्माण हुनेछ । लमही नगरपालिका- ६ को देउपुरमा ४ सय ५० घन मिटरको ओभर हेड टंकी निर्माण गरिने, २ सय १५ किलो मिटर पाइप लाइन ( लमही वडा नम्बर ४,५,६,र ७ को सशस्त्र क्याम्पमा ) बिस्तार हुनेछ ।
७० प्रतिशत नेपाल सरकारको र ३० प्रतिशत लमही खानेपानीको लागतमा यो योजना लागू हुने छ । यो बजेट दशैभरबाट १ सय ५० वटा खानेपानी संस्थाले माग गरेको भएपनी जम्मा १२ वटा खानेपानी संस्थालाई मात्र स्रोत सुनिश्चितता भएको छ त्यसमा पनि सबैभन्दा बढी बजेट लमही खानेपानी संस्थालाई प्राप्त भएको छ ।
यो बजेट लमही खानेपानीमा ल्याउनका लागि नेपाली काङ्ग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी विभाग, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिति सदस्य जानकीलाल बस्नेत, महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्मा लगायतका नेताहरुको मुख्य भूमिका रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निर्वतमान अध्यक्ष जंग बहादुर चौधरीले बताए ।