लमही-७ नम्बर वडा कार्यालयको उद्घाटन

घरसञ्चार
देउखुरी । लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको बिधिवत उद्घाटन गरिएको छ ।
कार्यालय यसअघि सञ्चालनमा रहेपनि शनिवार कार्यालयको उद्घाटन गरिएको हो । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले कार्यालयको बिधिवत उद्घाटन गरेका हुन ।
२०७४ सालको स्थानिय तह निर्बाचन पश्चात् वडामा मोहन गिरीको प्रतिनिधि मण्डल आईसकेपछि स्थानिय ब्यक्तिहरुले २०७५ सालमा वडा कार्यालयलाई भनेर जग्गा प्राप्त भयो । बनघुस्री निवासी बुद्विराम चौधरी, स्वर्गीय जँगबहादुर चौधरीकि श्रीमती हानी चौधरी र हरि चौधरीले सँयुक्त करिब ४ कठ्ठा जग्गा रामगोपाल मन्दिरको स्वामित्वमा रहनेगरी जग्गा दान गरेका थिए ।
मन्दिर ब्यबस्थापन समितीले वडा कार्यालयलाई भनी आफ्नो स्वामित्वमा रहेको जग्गा हस्तान्त्रण गरेको थियो ।

तत्पश्चात लमही नगरपालिकाले वडा कार्यालय निर्माणका लागी २०७७ सालमा आफ्नो आन्तरिक एककरोड बजेटमा टेण्डर आह्वान गरेको थियो । भवन निर्माणको काम केएमएस ड्रिलिङ कन्स्ट्रक्सनले जिम्मा पायो । निर्माण शुरु भएपनि निर्माण कम्पनीको ढिलाईले भवन निर्माण ढिलो गरि सम्पन्न भएको थियो ।
करिब ३ बर्ष पश्चात् निर्माण सम्पन्न भएको २ तल्लाको भवन सुबिधा सम्पन्न बनेको छ । सेमिनार हल सहित ८ ओटा कोठा छन । केही कोठा अट्याच सहितको निर्माण गरिएको छ भने किचन कोठापनि छुट्ठै निर्माण भएको छ । दुबै तल्लामा सुबिधायुक्त शोचालय निर्माण भएका छन । चारैतिर पर्खालले घेरिएको वडा कार्यालयमा डिजिटल बोर्ड सहित सिसि टिभी समेत जडान गरिएको छ ।

ढिलै भएपनि आफ्नै वडा कार्यालयबाट सेवा दिईरहेकोमा नगरप्रमुख जोगराज चौधरीले खुसी ब्यक्त गरे । उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख चौधरीले प्रक्रियागत रुपमा भवन उद्घाटन ढिला भएपनि यो कार्यले बिकासोन्मुख वडाको रुपमा यस वडालाई परिचित बनाएको बताए । वडा कार्यालय आफैमा मन्दिर भएको र यहाँ आउने सेवाग्राहीलाई खुसीका साथ फर्काउनु पर्ने बताए । वडा कार्यालय आफैमा मन्दिर हो, जसरी भक्तालु मन्दिर गएर खुसिसाथ फर्किन्छन त्यसैगरि वडामा आउने सेवाग्राही खुसीसाथ फर्किनु पर्छ, उनले भने ।
कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी योगीले ७ नम्बर वडाले बिकाशमा गति लिएको बताईन । कार्यक्रममा विशिष्ट अतिथी रहेकी उपप्रमुख योगीले छोटो समयमा यस वडाले गति लिएकोमा खुसी ब्यक्त गर्दै बिकाशका निम्ति आफु सधै लागिरहेको बताईन । कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिकालाई आत्मसाथ गर्दै समग्र पालिका बिकासोन्मुख रहेको र थप बिकाश र शुसासनका निम्ति सबैको सहयोगको खाँचो रहेको बताईन । कार्यक्रममा लमही-७ का वडाध्यक्ष तथा नगरप्रबक्ता मोहन गिरीले आफ्नो वडाले बिकाश सँगै शिक्षामा बढि जोड दिईरहेको बताए । देउखुरी बहुमुखी क्याम्पसमा ब्याच्लर अध्ययनरत वडाका विद्यार्थीहरु निशुल्क पढिरहेको र एग्रिकल्चर, सभओभरसियर, कम्प्युटर, लोकसेवा, सिपमुलक तालिम सधै सञ्चालन भईरहेको बताए । देश परिबर्तनका लागि शिक्षा र सीपले महत्वपुर्ण भुमिका खेल्ने भएकाले आफ्नो ध्यान यसतर्फ केन्द्रित रहेको र यो कार्यले निरन्तरता पाईरहने बिश्वास दिलाए ।

लमही नगरपालिका वडा नम्बर ७ कि वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कमर्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनोज कुमार चौधरी, ५ का ओमप्रसाद सुवेदी, ६ का श्यामनारायण चौधरी, ८ का उमेश कुमार खड्का, ९ का भेषबहादुर केसी, नेपाल पत्रकार महासंघकि केन्द्रीय सदस्य लिला शाह, फचकपुर टोल बिकाश सँस्थाका अध्यक्ष प्रेमलाल चौधरी, स्थानिय किरण बिक्रम शाह लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
वडाध्यक्ष तथा नगर प्रबक्ता मोहन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण वडासचिब शेर बहादुर चौधरीले गरेका थिए ।
दुई पत्रकार सम्मानित
वडा कार्यालय भवन उद्घाटनको अबसर पारी लमही ७ नम्बर वढा कार्यालयले दुई पत्रकारलाई सम्मान गरेको छ ।
वडा कार्यालयले पत्रकार द्वय लिला शाह र टेकबहादुर पुनलाई सम्मान गरेको हो ।

हालै सम्पन्न भएको पत्रकार महासंघको निर्बाचनमा केन्द्रीय सदस्यमा निर्बाचित भएको भन्दै पत्रकार लिला शाहलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनी एकमात्र लुम्बिनी प्रदेशबाट महिला सदस्यमा निर्बाचित भएकि थिईन । पत्रकार महासंघ दाङ शाखाकि उपाध्यक्ष भईसकेकि पत्रकार शाह रेडियो हाईबे एफएमको सम्पादक हुन ।

त्यस्तै पत्रकारिता क्षेत्रबाट बिगतदेखी वडालाई सफल बनाउन विशेष योगदान पुर्याएको र पत्रकार महासंघ दाङको सदस्यमा निर्बाचित भएको भन्दै पत्रकार टेकबहादुर पुनलाई सम्मान गरिएको थियो । उनी देउखुरी क्षेत्रबाट पत्रकार महासंघमा एक मात्र प्रतिनिधि सदस्य हुन । उनी गोरक्ष राष्ट्रिय दैनिकमा कार्यरत छन ।