स्वतन्त्रबाट कोषाध्यक्ष पदमा उम्मेद्वार बनेका चौधरीद्वारा उम्मेदवारी फिर्ता

घरसञ्चार
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यहि पुस २७ गते हुन गइरहेको निर्वाचनमा कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका ज्योती कुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन ।

उनले उम्मेद्वार फिर्ता लिँदै नेपाली काँग्रेस लगायतका दलको समर्थनमा रहेका सँयुक्त लोकतान्त्रिक प्यानललाई समर्थन गर्ने बताए ।
अध्यक्ष पदका उम्मेदवार विनोद कुमार पाण्डे (चुनाव चिन्ह बाघ) को टिमलाई समर्थन गर्ने र अन्यलाई पनि समर्थन गर्न सुझाए ।

चौधरीले एक प्रेस बिज्ञप्ती जारी गर्दै आफू सदैब काँग्रेस रहेको र काँग्रेसका उम्मेदवारलाई नै सहयोग गर्नुपर्ने धारणा सहित आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *