मोटरसाईकिल दुर्घटनामा परी दुईजना घाईते

घरसञ्चार
दाङ । देउखुरीमा मोटरसाईकिल दुर्घटनामा परि दुईजना घाईते भएका छन् ।
आईतबार बेलुका लमहीबाट सतबरिया जाँदै गरेको रा ७ प ६७५३ नम्बरको मोटरसाईकिल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मोटरसाईकल चालक गढवा गाउँपालिका वडा नम्बर ५ बाँकि निवासी बर्ष ३२ का लक्ष्मण चौधरी र लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी बर्ष २५ कि अनिता चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
घाईते दुबैजनालाई उपचारका लागि लमही अस्पताल पठाईएको छ । मोटरसाईकिल चालक नेपाल प्रहरीमा कार्यरत जवान हुन् ।