युरोप क्रोसियाको हाट बजार, स्थानीय उत्पादनको सहजै बिक्रीवितरण

शिव राज खनाल

युरोप (क्रोसिया) । युरोप अन्तरगतको क्रोसिया देशको ग्रामीण क्षेत्रहरूमा परम्परागत हाट बजारहरूको निकै ठूलो महत्त्व रहेको पाइएको छ । दुर्जेभासको हाट बजार पनि एक महत्वपूर्ण र चिरपरिचित बजार मानिन्छ ।

बजार विशेष गरेर बिहीबारको दिन मात्र लाग्ने गर्दछ, जसले गर्दा दुर्जेभास वरपरका गाउँबस्तीहरू स्थानीयहरु बजारमा देखा पर्दछन । स्थानीय स्तरमै उत्पादन भएका सामाग्रीको विक्री बितरण र किनमेल नै यस बजारको प्रमुख विशेषता रहेको छ । ताजा फलफूल, तरकारी तथा बोटबिरुवाका बेर्ना , ताजा तरकारी, खाद्यान्न , दूधका उत्पादनहरू , मासु तथा माछा ,स्थानीय कपडा, जुत्ता, घरेलु सामग्री, बाली उत्पादन गर्दा आबस्यक पर्ने उपकरणहरू र पशुपालन सम्बन्धी सामग्रीहरू पनि विक्रीबितरण हुने गर्दछन ।

बिहीवार मात्र लाग्ने यस बजारमा ( बार्गेनिङ) मोलमोलाइ गर्ने रोचक परम्परा छ, जसले गर्दा किनमेल गर्नु रमाइलो अनुभव हुने गर्दछ । यो हाट बजार केवल किनमेलकै लागि नभई स्थानीयहरूका लागि सामाजिक भेटघाट र सुचना आदानप्रदान गर्ने स्थल पनि बनेको छ । पानी परोस या चर्को घाम यहाको स्थानीय सरकार र सरोकार वाला निकायले बजार संचालनका लागि सुबिधा सम्पन्न भवन पनि निर्माण गरिदिएको छ । जसले बजार बिहिवारका दिन बिहानैदेखि सुरु हुन्छ र दिउँसो सम्म चल्दै आइरहेको छ । धेरैजसो सामानहरू स्थानीय रूपमानै उत्पादन भएका हुन्छन्, जसले गर्दा स्थानीय मौलिकताको अनुभव समेत मजाले गर्न सकिन्छ । केही परम्परागत खानाका स्टलहरू पनि बजारमा देख्न र स्थानीय परिकार चाख्न पनि पाइने गरेको छ ।

यस्ता बजारहरू १८औं शताब्दी (१७०० तिर) वा १९औं शताब्दीको सुरुवाततिर (१८०० को दशकमा) सुरू भएका मानिन्छन । जब कृषकहरू आफैं उत्पादन बेच्न सहर आउन सक्दैनथे र स्थानीय बजारमार्फत साटासाट गर्थे। परम्परागत हाट बजारहरू धेरै पुरानो इतिहास बोकेका हुन्छन् । तर दुर्जेभासको हाट बजार सटीक कहिले सुरु भयो भन्ने ठ्याक्कै लिखित प्रमाण भने पाउन गाह्रो छ । बजार सञ्चालन दुर्जेभास गाउँपालिका वा सो क्षेत्रभित्र पर्ने संबन्धित नगरपालिका ( Đurđevas Municipality अन्तर्गत पर्ने) को अधिकार क्षेत्रभित्र पर्छ । व्यवस्थापनका लागि सामान्यतया बजार शुल्क (market fee) उठाइन्छ र त्यसैबाट सरसफाइ, स्थान व्यवस्थापन, ट्राफिक व्यवस्थापन जस्ता कामहरू सञ्चालन हुन्छन् । बिहीबार हाट बजार केवल किनमेलको लागि मात्र नभई स्थानीय संस्कृतिको जिउँदो झल्को पनि रहेको पाइएको छ । यहाँको बजार घुम्दा सबैले ग्रामीण जीवनशैली, परम्परागत व्यापार प्रणाली र जनजीवनलाई नजिकबाट अनुभव गर्न समेत सकिने निश्चित छ ।

उद्वेस्य – नेपालका अत्यन्त ग्रामिण बस्तिमा यस्ता बजार सन्चालन गर्न सके स्थानीय उत्पादनको प्रबर्द्धनमा सहयोग पुग्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *