यौनिक तथा लैङ्गिक अल्पसंख्यक- अपहेलनाको डर, पहिचान लुकाउन बाध्य

घरसञ्चार

दाङ । रोल्पा नगरपालिका वडा नम्बर ५ जुरामसिना निवासी रसिका थापा समलिङ्गी पुरुष हुन ।

उनलाई आफूमा समलिङ्गी भएको महशुस छ । समाजका डरले बताउन सकिराखेका छैनन् । यसबाट जोगिन उनले पढाइ नै छोड्नुपरेको सम्झिए । समाजबाट पनि उनि अलग भइरहनु परेको महसुस छ उनमा । कारण एउटै छ कि समाजबाट अपहेलना हुने डर । ‘मेरो घर रोल्पा नगरपालिका वडा नम्बर ५ जुरामसिना हो । समलिङ्गी पुरुष हुँ । तर, यो विषय घर परिवारलाई पनि भन्न सकिरहेको छैन उनले दुखेसो पोखे । लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको आर्थिक सहयोगमा भएको यौनिक तथा लैगिङ् अल्पसंख्यक समुदाय र स्थानिय समुदायहरु संग एक दिने अभिमुखिकरण कार्यक्रममा आफ्नो अवस्था बताउँदै उनले यस्तो दुखेसो गरेका हुन् । ‘खुल्न नसक्नु म भित्र पनि समस्या होला, तर समाजले हेर्ने प्रवृत्तिका कारण खुल्न सकेको छैन उनले भने-शारीरिक रुपमा पुरुष भएर जन्मिए । पछि मानसिक तथा भावनात्मक रूपले अर्को पुरुषप्रति आकर्षित हुनुपर्यो ।’ बाह्य शारीरिक प्रारूप पुरुष सरह भएपनि विपरीत लिङ्गी महिला प्रति यौनाकर्षण नहुँदा घर छोडेर हिँड्न बाध्य भएको उनले बताए । ‘कक्षा १० सम्म घरमा बसेर पढेँ । शारीरिक बनावट अनुसार भावनात्मक सम्बन्ध मिल्न नगएपछि घर छोडेर दाङ आउन बाध्य भएँ, उनले भने ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई रोजगार पाउन मुस्किल छ । जसको कारण दैनिक गुजार चलाउन चार बर्ष यौन पेसामा आबद्ध भएको उनले दुखेसो पोखे । उनि अहिले फरक पहिचान समाज नेपाल दाङ जिल्लाको कोषाध्यक्षको रुपमा काम गर्दै आएका छन् । उनले समाजमा घुलमिल हुने वातावरण नहुँदा लैङ्कि तथा यौनिक अल्पसंख्यक समुदाय पछाडि परेको बताए । ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरु अझै खुल्ने अवस्था छैन । आफ्नो जिल्लामा खुल्न नसकेर अर्को जिल्लामा जाने गरेका छन्, उनले भने,–। ‘लमही नगरपालिका सहित दाङ जिल्लामा जति पनि हुनुहुन्छ बाहिरी जिल्लाकै हुनुहुन्छ । लमही स्थानीय घर भएका अर्को जिल्लामा गएर जीवन यापन गरिरहनुभएको छ ।’ अधिकांश समाजबाट आफ्ना पहिचान थाहा पाए अपहेलित हुने डर रहेको उनले बताउदैँ, यौनिक अल्पसंख्यकहरुले रोजगारी समेत पाउन नसकेको गुणासो गरे ।

सोमबार फरक पहिचान समाज नेपाल दाङ जिल्ला पहिचान समाजले लमहीको ७ नम्बर वडामा आयोजना गरेको यौनिक तथा लैगिङ् अल्पसंख्यक समुदाय रु स्थानिय समुदायहरु संग एकदिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कानुन बनेपनि समलिङ्गी पहिचान गरेर नागरिकता पाउन नै मुस्किल छ । विभिन्न संघ संस्थाले हाम्रो पहिचान थाहा पाएपछि छोइन हुँदैन जस्तो प्रवृत्ति गर्नुहुन्छ । सरकारी निकायमा हाम्रो लागि भनेर कोटा विनियोजन गरिएको हुँदैन, फरक पहिचान समाज नेपाल दाङ जिल्ला पहिचान समाजका अध्यक्ष वर्षा ठकूरीले भनिन्,–। ‘अन्तिम विकल्प गैर कानुनी भएपनि यौन पेसा नै रोज्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार देउखुरी सहित दाङ जिल्लामा एकसय ५० जोडिले विवाह गरेर बसेका छन् । उनीहरूको विवाह दर्तामा समेत समस्या थुपार्ने गरि सरकारले अपहेलना गरेको उनको बुझाई छ । रोजगारीका लागि निःशुल्क शिक्षा, सीपमूलक तालिम, स्वास्थ्य सेवामा पहुँच लगायतका अधिकारहरू सुनिश्चित गरिनु पर्ने उनको भनाई छ । सरकारले अपहेलना गरेको महसुस गरेकी ठकुरीले वडा सरकारले भने न्याय गरेको बताईन । आफ्ना समस्याहरु दर्साउने थलो समेतको अभाबमा रहेका फरक पहिचान नागरिकलाई कार्यक्रम गरि सहयोग गरेकोमा वडा नम्बर ७ लाई धन्यबाद दिईन ।

लमही नगरपालिका वडा नम्बर ७ का वडाबासीहरु संग भएको यौनिक तथा लैगिङ् अल्पसंख्यक समुदाय र स्थानिय समुदायहरु संग एकदिने अभिमुखिकरणमा राज्यले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको समाजमा घुलमिल हुने वातावरण तयार गर्नुपर्ने, भेदभाव गर्नेलाई कानुनको दायरामा ल्याउन कार्यक्रममा जोड दिइएको थियो । कार्यक्रममा लमही नगरपालिकाका प्रवक्ता एवम् लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारका विषयमा आफूहरू संवेदनशील रहेको बताए । ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोगेका समस्याहरू वास्तवमै पीडादायी भएको मैले बुझेको छु, उनले भने–। ‘नीति तथा कार्यक्रम बनाउँदा सबै समुदायका सवालहरूलाई समेट्ने गरी कानुन बनाउन र बनेका कानुनको कार्यान्वयन गर्नका पहल गर्नेछु।’ स्थानीय तहहरूको समीक्षात्मक बैठकमा यी कुराहरुलाई प्राथमिकतामा राखिने प्रतिबद्धता ब्यक्त गरे । यता लमही नगरपालिका वडा नम्बर ५ निवासी पवन शर्मा रिजालले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरूको सवालहरूलाई स्थानीय र प्रदेश स्तरबाटै उठान गर्नुपर्ने बताए । ‘अहिले जनसंख्या कम हुँदा राज्यको आँखा पुगेको छैन, उनले भने,–। ‘तपाईँहरू संगठित भएर लागेपछि सरकारले कानुनमा रहेका कुराहरूलाई लागु गर्नुपर्दछ ।’ उनले समाज तथा घरपरिवारबाट अपहेलित यौनिक अल्पसख्यकहरूलाई समाजमा घुलमिल भई उहाँहरूको अधिकार स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वसा नेपालकी जिल्ला संयोजक कृष्णा चौधरी, सरश्वती महिला समुहकी अध्यक्ष सोभा श्रेष्ठ, सचिब प्रमिला चौधरी, नेपाल पत्रकार महासंघ दाङका सदस्य टेकबहादुर पुन लगायतका बक्ताले बोलेका थिए । फरक पहिचान समाज नेपाल जिल्ला पहिचान सञ्जाल दाङकि अध्यक्ष वर्षा ठकुरीको अध्यक्षता तथा लमही-७ का वडाध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालन सँस्थकि सलिना चौधरीले गरेकि थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *