अर्जुनखोला पुलबाट हामफालेर आत्महत्याको प्रयास

घरसञ्चार

दाङ । दाङको लमही स्थित अर्जुनखोला पुलबाट हाम फालेर एकजना युवाले आत्महत्याको प्रयास गरेका छन् ।

जिल्ला भोजपुर साल्पा सिलिचोक गाउँपालिका ५ दोभान तेन्दुमा बस्ने बर्ष २३ साजन राईले हाम फालेको शसस्त्र प्रहरी अर्जुनखोलाका प्रमख गुनराज न्यौपानेले बताए । राई रोजगारका लागि भारतमा बस्दै आएको बुझिएको छ । उनी घर फर्कदै गर्दा अर्जुनखोलाबाट हाम फालेको वडा प्रहरी लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए । किन हाम फालेको भन्ने प्रश्नमा राईले आफुलाई केही थाहा नभएको बताएको जनाईएको छ । उनको लमही अस्पतालमा उपचार भएको थियो । अबस्था भने सामान्य छ ।

प्रहरी प्रमभुषालका अनुसार राईसँग तुलसीपरका साथी पनि रहेको र बिदाई गरि उनी तुलसीपुर प्रस्थान गरेको बुझिएको छ । राईको परिवार सँग कुरा भईसकेको र उनी प्रहरीको संरक्षणमा रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *