लमहीमा लागुऔषध सहित महिला पुरुष गरि दुईजना पक्राउ

घरसञ्चार
दाङ । लमहीमा प्रतिबन्दित लागुऔषध सहित दुईजना पक्राउ परेका छन ।
जसमध्य एकमहिला पनि पक्राउ परेका छन ।
लमहीको रातोडाँडाबाट दुईजनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले जानकारी दिए ।
शुक्रबार लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी लमहीबाट खटिगएको टोलीले उनिहरुको साथबाट ८० मिलिग्राम लागु औषध (खैरो हिरोईन) जस्तो देखिने खैरो धुलो पदार्थ र लागु औषध सेवनका लागि प्रयोग गर्ने औजार सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ६ घर बताउने बर्ष ३४ का कमल पुन र रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर १ होलेरी निवासी बर्ष ३३ कि शुसिला पुन रहेको प्रहरीले जनाएको छ ।
शुसिला रातोडाँडा स्थित धन बहादुर भट्टराईको घरको तल्लो तलामा भाडामा बस्दै आएकी थिईन । उनकै साथबाट लागुऔषध फेला परेको प्रहरी प्रमुख भुषालले बताए । जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।