‘नक्कली भैछुर’ बोलको तिज गित सार्वजनिक

घरसञ्चार
दाङ । संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने यस गीतका लय संकलक ज्ञानेन्द्र स्वर्णकारले अपेक्षा गरेका छन । असंख्य गीतहरुको भिडमा हाम्रो गीतलाई स्रोताले झ्याप्प मन मस्तिष्कमा राख्न सकुन भनेर लय अत्यन्तै सरल र सहज बनाइएको र गीतको लय स्रोता र पाठकले सजिलै गुनगुनाउन सकुन भन्ने उदेश्यले गितको निर्माण गरिएको स्वर्णकारले बताए । यो गीतमा चलनचल्तीका श्रृंगार लगाउदैमा मैले के गल्ति गरे भनेर आफ्ना मनका भावहरु पोखिएको छ । श्रृंगारहरु लगाउदैमा नक्कली नभईने र समग्रमा स्वतन्त्रताको भाब पोखिएको छ ।गीतमा सुष्मा ग्रेसको स्वर रहेको छ ।
गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले लय भरेको गितलाई सन्तोष सुनामले एरेन्ज गरेका हुन । गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक विक्रम चौहानले गरेका छन भने चर्चित मोडेल अन्जली अधिकारी र करिस्मा ढकालको अभिनय छ । गितका लेखक प्रिया स्मृती गजमेर लमहीमा रहेर पत्रकारिता गर्दै आएका छन । उनका यसअघि आधुनिक तथा लोकगीत हरुपनि बजारमा आइसकेका छन । जसमध्य ‘छिट्को गुन्यो’ बोलको गीतमा यादवनाथ योगी र रिता केसीको आवाज रहेको छ । ‘किन किन तिम्रै यादमा’ बोलको गीतमा पछिल्लो समयमा चर्चित गायक गोविन्द मधुर आचार्यले आवाज दिएका छन भने ‘तल तल बनायो’ बोलको गीतमा ज्ञानेन्द्र स्वर्णकार र विशाखा शाहीको आवाज छ ।