लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई बनाउने सहमति

घरसञ्चार
दाङ । नेकपा एमाले पार्टी भित्रकाे पूर्व सहमति अनुसार लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारिएको छ ।

स्रोतकाअनुसार पहिलो चरणमा लिला गिरी र दोस्रो चरणमा चेतनारायण आचार्य मुख्यमन्त्री हुने भद्र सहमति भएको थियो । उपनेता भन्ने पद अन्य प्रदेशमा छैन । लुम्बिनीमा भने उक्त पद समाबेस गरिएको छ । लुम्बिनीमा सुरुमा संसदिय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने, त्यसपछि उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति भए अनुसार मुख्यमन्त्रीमा आचार्यलाई अघि सारिएको प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शाेभाकर पन्थीले बताए ।

गिरी यस अघि मुख्यमन्त्री भइसकेका छन । तसर्थपनि चेतनारायण आचार्य काँग्रेस-एमालेको सत्तासमिकरण अनरुप लुम्बिनीमा मुख्यमन्त्रि बन्नेछन । केन्द्रीय सत्तासमिकरणमा लुम्बिनी एमालेको बन्डामा परेको छ । मुख्यमन्त्रिमा पुन: लिला गिरीको चर्चा रहेपनि उनी पहिलो चरणमा मुख्यमन्त्रि पद पाईसकेकाले अब भने उनी पछि हट्नुपर्ने हुन्छ । पार्टीमा यसअघि नै दोस्रो चरणमा आचार्यलाई मुख्यमन्त्रि बनाउने भन्ने सहमती भईसकेको एमाले स्रोतले जनाएको छ ।

अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । त्यसपछी एमाले दल नेता लिला गिरी नेतृत्व सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भए । माओवादी नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा भने आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *