लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजिनामा – नयाँ सरकार गठनको बाटो खुल्यो ।


घरसञ्चार
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आइतबार राजिनामा दिएका छन् । प्रदेशसभाकाे चौथो अधिवेशनको २४ औं बैठकलाई सम्बाेधन गरेर मुख्यमन्त्री महराले राजिनामा दिएका हुन्।

यसअघि मुख्यमन्त्री महराले राजिनमा नदिने बरू बिश्वासकाे मत लिने बताएका थिए तर अन्तिम अवस्था आएर मुख्यमन्त्री महराले राजिनामा दिएका हुन् । यता प्रदेशसभा सचिवालयले साउन ५ गते प्रदेशसभाकाे बैठक र सम्भावित कार्यसुचि सार्वजनिक गर्दै विश्वासकाे मत सम्बन्धी सुचना प्रकाशन समेत गरेकाे थियाे । मुख्यमन्त्री महराले विश्वासकाे मत नपाउने भएपछि सभालाई सम्बाेधन गरेर राजिनामा दिएका हुन् ।

मुख्यमन्त्री महराले राजिनामा दिए संगै अब नयाँ सरकार गठनकाे बाटाे खुलेकाे छ । केन्द्रमा एमाले र काँग्रेस बीच भएकाे सहमति अनुसार अब लुम्बिनीकाे मुख्यमन्त्री एमाले संसदीय दलका नेता लिला गिरी बन्ने भएका छन्। केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशसभाका दुई ठूला राजनीतिक दल एमाले र कांग्रेसले मिलेर सरकार बनाउन आन्तरिक गृहकार्य समेत शुरू गरेको छ । केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने संबैधानिक व्यवस्था छ ।लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्ने छ । एमालेकाे २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज देखिएको हो । तर प्रदेशसभामा रहेका साना दललाई समेत समेटेर नयाँ सरकार बनाउने तयारी रहेकाे एमालेका प्रमुख सचेतक तुलसी चाैधरीको भनाइ छ । काँग्रेस-एमाले सरकारमा अधिकांश साना दलहरूले पनि समर्थन जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *