गुडिरहेको ट्रकमा एक्कासी आगो दन्किदा

घरसञ्चार

दाङ । दाङमा गुडिरहेको ट्रकमा एक्कासी आगो सल्किदा पुर्णरुपमा क्षती भएको छ ।

जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ चाउखोला स्थित गुडिरहेको ट्रकमा तार सर्टभई आगलागी हुँदा ट्रक पुर्णरुपमा क्षेती भएको हो । सुदुरपश्चिमको धनगढीबाट दाङको लमहीस्थित सम्राट सिमेन्ट उद्योगमा आउँदै गर्दा ट्रकमा आफै आगलागी भएको ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक रामबहादुर कटुवालले जानकारी दिए । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अमेलियामा सुप प्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आईतबार बिहान वाइरिङ सर्ट भइ आगलागी भएको चालकले बताए ।आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

ट्रकमा आगो लागेको खबर पाउना साथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायव निरीक्षक माधव रावतको कण्माडमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो । घटनास्थल रिहार भन्दा ६ किलोमिटर पश्चिममा पर्छ । ट्रकमा लागेको आगो लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । ट्रकमा चालकसहित तीन जना सवार थिए । आगो निभाउन प्रयास गर्दा चालक रमेशदत्त जोशीको हात र कपालमा सामान्य जलन भएको एसपी केसीले बताए । अन्य दुई जना भने आगो लागेको देख्नासाथ गाडीबाट सुरक्षित निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *