बेतबाँसका फर्निचर उत्पादन तालिम शुरु

श्रवण कुमार यादव
देउखुरी । पछिल्लो समय बेतबाँसबाट बनेका मुडा, कुर्ची र सजावटका सामानहरू उल्लेख्य मात्रामा प्रयोगमा आएको देखिन्छ ।
बेतबाँस बाट बनेका सोफा, टेबललगायतका आधुनिक उत्पादनहरु बजारमा देखिन्छन् । सजावटका दृष्टिले बेतबाँसका उत्पादन आर्कषक मानिन्छन । लगानीमा पनि अन्य आयातित फर्निचरभन्दा सस्तो, बलियो र हलुका हुने भएकाले अहिले उपभोक्ताहरुको रोजाइमा बेतबाँसकै फर्निचर छन् ।
पूर्वी नेपालमा चलनचल्तीमा रहेको बेतबाँसका फर्निचर सामग्रीहरू दाङतिर पनि उत्पादन हुन थालेको छ । यसतर्फ उपभोक्ता पनि आकर्षित हुन थालेका छन् । बेतबाँसबाट फर्निचर बनाउने तालिम देउखुरीमा शुरु भएको छ । आम्दानी सँग जोड्न लमही नगरपालिका वडा नम्बर-४ बड्का घुम्नामा २१ दिने बेतबाँसको फर्निचर उत्पादन तालिमको शुरुवात गरिएको हो ।
सामुदायिक वन अध्ययन केन्द्र बबरमहल काठमाडौंका प्रमुख उपसचिव शोभा सुवेदीको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख-प्रशासकीय अधिकृत प्रकाश देवकोटाको प्रमुख आतिथ्यता एंव डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत राजु क्षेत्रीको बिशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
वैदेशिक रोजगारमा जाने युवाहरुलाई देशमै अबसर प्रदान गर्न तालिमको आयोजना गरिएको आयोजकले बताएको छ । तालिममा महिला पुरुष गरि २० जना सहभागी छन । तालिम असार ३ गते सम्म सञ्चालन हुने कार्यक्रम संयोजक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हल्लु प्रसाद चौधरीले बताए ।
तालिममा प्रमुख प्रशिक्षक इन्द्र सापकोटा रहेका छन । कार्यक्रममा लमही-४ का वडा सदस्यहरु भोजराज चौधरी, उमाकान्त चौधरी डिभिजन वन कार्यालय देउखुरीका बरिष्ठ फरिष्टर चिरञ्जीवी खनाल, सव-डिभिजन वन कार्यालय लमहीका बन अधिकृत बिश्वजंग वि.क., सामुदायिक अध्ययन केन्द्रका अधिकृत खुसराज गोले लगायतले उद्यमी बन्न यश तालिमले ठूलो अबसर प्रादन गर्ने बताए ।
कार्यक्रम संयोजक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हल्लु प्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण मुकेश चौधरीले गरेका थिए ।