दाङमा पानीमा डुबेर एकजनाको मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर २ डोडही कुलोमा डुबेर सोही ठाउँ निवासी बर्ष १८ का बिपिन थापाको मृत्यु भएको हो ।
पाँच गाउँले कुलोको घेचकटला बाधमा डुबेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए ।
मृतकको साथमा अन्य ६ जना साथीहरू समेत पौडी खेल्न गएका थिए । गर्मी बढे सँगै पौडी खेल्ने क्रममा यस्ता घटनाहरु बढेकोले सतर्कता अपनाउन वडा प्रहरी लमहीले सबैमा अनुरोध गरेको छ ।