अमिलिया प्रहरीको सार्बजनिक सुनुवाई : ऐलानी जग्गा, नदीजन्य पदार्थ र महिला हिंसामा चासो
घरसञ्चार दाङ । ईलाका प्रहरी कार्यालय अमिलियाको आयोजनामा समुदायस्तरमा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा ऐलानी जग्गा, नदीजन्य पदार्थको चोरी निकासी र महिला हिंसा जस्ता विषयमा सहभागीहरूले गम्भीर चासो व्यक्त गरेका छन्।अमिलियाका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा नगर प्रवक्ता मोहन गिरी प्रमुख आतिथ्यतामा…






