सामुदायिक विद्यालयको नतिजा सुधार हुनुपर्छ : मुख्यमन्त्री आचार्य
घरसञ्चार पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधार्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् । मोहन कन्या माध्यमिक विद्यालय, तानसेन, पाल्पाको ७५ औं वार्षिकोत्सव एवम् हीरक महोत्सव २०८२ को उद्घाटन गर्दै उहाँले विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रक्रियाको प्रभावकारी कार्यान्वयनमार्फत मात्र सामुदायिक विद्यालयप्रति जनआस्था बलियो हुने उल्लेख गरे । ‘सामुदायिक विद्यालयले…





