दाङमा ६० औँ सिडिओकाे रूपमा बिश्वप्रकाश अर्याल

घरसञ्चारदाङ । दाङको प्रमुख जिल्ला अधिकारीमा विश्वप्रकाश अर्याल आएका छन् । उनि सिराहबाट सरुवा भएर दाङ आएका हुन् । अर्याल दाङको ६० औँ प्रमुख जिल्ला अधिकारी हुन । यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको कैलाली सरुवा भएपछि अर्याल दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका हुन । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ११ निवासी अर्याल वि.स.२०५३…

Read More

सामाजिक सञ्जालको प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या

घरसञ्चारदैलेख । सामाजिक सञ्जालबाट सुरु भएको प्रेम विवाहमा परिणत गर्ने बहानामा बोलाइएका युवाको भेटकै दिन हत्या भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मलेसियाबाट फर्किएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीलाई प्रेमिका र उनका परिवारले मिलेर झोलुङ्गे पुलबाट खसालेर हत्या गरेका हुन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका शाही आफ्नी प्रेमिका २७ वर्षीया गंगा वनलाई भेट्न महावु गाउँपालिका–५ काशिकाँध…

Read More

डडेल्धुरा जिप दुर्घटना अपडेट : मृत्यु हुनेहरू सबैको सनाखत

घरसञ्चारडडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ । दुर्घटनामा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की, ४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको छ । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । ठाँटा बजारबाट डडेल्धुरा…

Read More

लमहीमा न्यू पौडेल ट्रेडर्स पसल सञ्चालन

शिवु खनालदेउखुरी, ९ भदौँ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा न्यू पौडेल ट्रेडर्स पसल सञ्चालन आएको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले सोमबार न्यू पौडेल ट्रेडर्स पसलको उद्घाटन गर्नुभएको हो । गोरखा स्कुल जाने रोड होटल सिद्धान्त नजिकै लमही गल्ली स्थित न्यू पौडेल ट्रेडर्स पसल सञ्चालनमा आएको…

Read More

वडाध्यक्ष पदबाट हटाएको भन्दै घोराही उपमहानगरलाई ‘कारण देखाउ’ आदेश

घरसञ्चारदाङ । घोराही-८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहलाई वडाध्यक्ष पदबाट हटाएको भन्दै उच्च अदालत तुलसीपुरले ‘कारण देखाउ’ आदेश जारी गरेको छ । अदालतले घोराही उपमहानगर पालिकाको नाममा आदेश जारी गरेको हो । आफुलाई अन्यायपुर्बक वडा अध्यक्ष पदबाट हटाई कार्यपालिका बैठकमा पनि मानमर्दन गर्ने किसिमले दुर्ब्यबहार गरिएको भन्दै वडाध्यक्ष शाहले उच्च अदालत तुलसीपुरमा रिट दायर…

Read More

राप्ती आधारभूत अस्पताल सिसहनियामानयाँ मेडिकल सुपरिटेण्डेन्ट नियुक्त

तुलबहादुर कवँर मगरसिसहनियाँ, ९ भदौ । दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा एमडिजिपी डा. हरि पाण्डे नियुक्त हुनु भएको छ । अस्पताल विकास समितिको बैठकले सिनियरताको आधारमा नबौ‌ं तहका डा. पाण्डेलाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सो अस्पतालका मेसु आठौं तहका डा. श्रवण चौधरी रहनु भएको…

Read More

गढवामा तीन करोडको लागतमा अवधी संग्रहालय निर्माण हुने

आलोक भावुकगढवा, ९ भदौ । दाङ देउखुरीको गढवा गाउँपालिका–६ मा करिब तीन करोड रुपैयाँको लागतमा अवधी संग्रहालय निर्माण हुने भएको छ । शहरी विकास मन्त्रालय तथा शहरी विकास तथा भवन निर्माण विभागमार्फत दाङ क्षेत्र नं. १ मा परेका योजनामध्ये नेपाल अवधी संस्कृति प्रतिष्ठानको भवन/संग्रहालय निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन भइसकेको संघीय सांसद तथा पूर्वमन्त्री…

Read More

राप्तीकाे बगरमा सामूहिक सखरखण्ड खेती

तुलबहादुर कवँर मगरभालुबाङ, ८ भदौ । दाङको राप्ती गाउँपालिकामा खाली जग्गा उपयोग गरि कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदि उकास जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा सामूहिक खेती थालेका हुन् । खाली…

Read More

संस्थागत क्षमता स्वमूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम

तुलबहादुर कँवर मगर दाङ, ६ भदौ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा दाङ जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम स्थानमा परेको छ । यसपटक घोराही उपमहानगरपालिका दोस्रो र बंगलाचुली गाउँपालिका तेस्रो स्थानमा परेका छन् । राप्ती गाउँपालिकाले शासकीय प्रबन्धमा ८, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा…

Read More

राजपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा

घरसञ्चारदेउखुरी । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालको व्यवस्थापन तथा राजपुर गाउँपालिकाको सहकार्यमा एकीकृत आँखा उपचार केन्द्र राजपुर गाउँपालिकाको वडा नम्बर ५ जग्रहवामा सञ्चालनमा आएको हो । वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर विष्टको अध्यक्षतामा…

Read More