ट्रकमा ठोक्किएर प्रहरी जवानको मृत्यु

घरसञ्चार
दाङ । दाङमा सवारी दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ ।

दुर्घटनामा परि लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर निवासी बर्ष २६ का गणेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोमबार बेलुका ८:२५ बजे लमही नगरपालिका वडा नम्बर ७ पदमेनी सोता नजिकै लु १ ख ९३५२ नम्बरको रोकिराखेको ट्रकमा लुम्बिनी प्रदेश ०००२ प ११४८ नम्बरको मोटसाइकल ठोकिएर दुर्घटना भएको हो ।
प्रहरी जवान चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए । ट्रक र चालक स्यारी गा.पा.४ रुपन्देही बस्ने बर्ष २९ को जितेन्द्र राजभर प्रहरीको नियन्त्रणमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *