लमही-७ मा एकसय दिने अभियानको समापन

घरसञ्चार
देउखुरी । नेपाली काँग्रेसले देशैभर आयोजना गरेको एकसय दिने अभियान कार्यक्रम अन्तिम चरणमा छन ।

दाङको देउखुरीमा पनि यो अभियानले सार्थकता पाएको छ । कार्यक्रम भने अन्तिम चरणमा छन । लमही नगरपालिका वडा नम्बर ७ मा एकसय दिने अभियानको समापन गरिएको छ ।
अभियानको समापन गर्दै जिल्ला प्रतिनिधि तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य शुवास न्यौपानेले काँग्रेसी कार्यकर्ता शसक्त भएर पार्टीप्रति जिम्वेवार बन्नुपर्ने बताए । देश बनाउने जिम्मा काँग्रेस पार्टीलाई भएका कारण वडा तथा टोलटोलमा रहेका समितीहरु शसक्त भएर जनताको काममा तल्लिन हुनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका न्यौपानेले काँग्रेसका प्रतिनिधीले गरेका राम्रा कामहरुको प्रचार गर्नुपर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी लमही-७ का वडाध्यक्ष तथा महाधिबेशन प्रतिनिधि मोहन गिरीले आफ्नो वडामा शिक्षा सँगै भौतिक पुर्बाधार तथा कृषि तर्फ गति लिएको जिकिर गरे ।

बिकाशको गति बिस्तारै बढ्ने भएकाले वडाबासीलाई नआत्तिन सुझाए । वडामा काम तिब्र गतिले बढेको बताउदै उनले वडाबासीको जिज्ञासा अनुसार काम गरिने बताए । उनले वडामा भए गरेका समस्याहरुको समाधानका लागि तत्काल माथिल्लो तहमा पुर्याईने बताउँदै शिक्षा, स्वास्थ्य, बाटोघाटो, सञ्चार लगायतका क्षेत्रमा थप स्तरबृद्वि गरिने बताए ।

नेपाली काँग्रेस लमही-७ का वडासभापती शालिकराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा तरुणदल क्षेत्रिय अध्यक्ष किरण बिक्रम शाह, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ दाङका सभापती कुलबहादुर बुढा मगर लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । वढा उपसभापती लिखराम चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिब निरञ्जन सिँहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *