बिद्यार्थीलाई सरकारी सेवामा प्रबेश गराउन लोकसेवा तयारी कक्षा

घरसञ्चार

दाङ । लमही नगरपालिका वडा नं. ७ ले युवा बिद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ ।

सरकारी सेवामा प्रवेश गर्न चाहने युवाहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले लोकसेवा तयारी कक्षाको सुरु गरिएको लमही नगरका प्रबक्ता तथा लमही-७ का वडाध्यक्ष मोहन गिरीले बताए । कार्यक्रमलाई उद्घाटन गर्दै उनले युवाहरूको भविष्य निर्माणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने, “हाम्रा युवालाई सरकारी सेवामा प्रवेश गराउन सशक्त आधार तयार पार्न हामीले निःशुल्क तयारी कक्षा संचालनमा ल्याएका हौं ।” वडाध्यक्ष गिरीले युवाहरुमा योग्यता रहेको र उनीहरुलाई मार्गदर्शन अनि अवसर चाहिएको बताउँदै यस तालिमबाट धेरै युवाहरुले आफ्नो लक्ष्य हासिल गर्नसक्ने आशा लिएको बताए ।

दुई महिना सम्म सञ्चालन हुने लोकसेवा तयारी कक्षा वडा कार्यालयमा चलिरहेको छ । न्यू भिक्टोरिया ट्युसन सेन्टर लमहीले कक्षाको जिम्मा पाएको छ । तालिममा वडा अन्तरगतका ४० जना युवा बिद्यार्थीहरु समाबेस छन् । वडाले हाल सञ्चालनमा रहेको लोकसेवा तयारी कक्षा र कम्प्युटर कक्षामा वडाबासी मात्र नभई नगर अन्तरगतका ईच्छुक बिद्यार्थीहरुपनि समाबेस हुनसक्ने जानकारी दिएको छ । सहभागी विद्यार्थीहरुले यस्तो निःशुल्क र स्तरीय तालिमप्रति आभार व्यक्त गरेका छन् । वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य उर्मिला चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेकी हुन । कार्यक्रमको सञ्चालन वडासचिब शेर बहादुर चौधरीले गरेका थिए । यस खालको प्रयासले स्थानीय तहबाटै युवाहरुको भविष्य निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *