दाङमा हाईस र बस ठोक्किदा ३ जना घाईते

घरसञ्चार
दाङ । दाङमा हाईस र बस आपसमा ठोक्किदा ३ जना घाईते भएका छन ।
लमही नगरपालिका वडा नम्बर ३ बनगाउँमा शुक्रबार पुर्बपश्चिम राजमार्गमा दसर्घटना हुँदा ३ जना घाईते भएका हुन । पुर्बबाट पश्चिम तर्फ आउँदै गरेको बा.प्र.०-३००१ ख १९६७ नम्बरको बस र बिपरित दिशा तर्फ जाँदै गरेको गण्डकि प्रदेश FAA-०१०५ नम्बरको हाईस आपसमा ठोक्किदा हाईसमा सवार ३ जना घाईते भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए ।

दुर्घटनामा परी जिल्ला नवलपरासी रामग्राम नगरपालिका-१६ बस्ने बर्ष ४० को प्रेम बहादुर चौधरी, जिल्ला नवलपरासी कावासोति नगरपालिका-५ बस्ने बर्ष ३१ को मनोज थापा र जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका-५ बस्ने बर्ष ३६ को दुर्गा बहादुर थापा घाईते भएका छन । लमही अस्पतालमा उपचार गराएका घाईतेको हात, मुख, ढाड, खुट्टामा चोट लागेको भएपनि अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । दुबै सवारी साधन र चालक वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा छन ।
