गर्मिमा सचेत रहन नागरिक समाज दाङको अपिल

घरसञ्चार
दाङ । नागरिक समाज दाङले अत्यधिक गर्मी बढेको भन्दै सचेत रहन सबैमा अपिल गरेको छ । नागरिक समाज दाङका संयोजक निमबहादुर थापा र सचिव नारायण श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै अत्याधिक गर्मी र तातो हावाबाट सुरक्षित रहन सबैमा आह्वान गर्नुभएको हो ।

अत्यधिक गर्मी र तातो हावा चलिरहेको छ । यसले गर्दा विभिन्न स्थानमा विद्यार्थीहरु बेहोस हुने, कामदारहरु यथास्थानमा ढल्ने, बृद्धबृद्धा, बालबालिका र कमजोर स्वास्थ्य रहेका नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर परेका समाचारहरु सार्वजनिक भएपछि नागरिक समाजले सचेत रहन आह्वान गरेको हो । यस्तो गर्मीमा अत्यावश्यक बाहेक बाहिर ननिस्कने, रुखको छाहारीमा बस्ने, बालबालिकाहरुलाई जथाभावि खेल्न र हिंडडुल गर्न नदिने, ज्येष्ठ नागरिकहरुलाई शितलो ठाउँमा बस्ने वातावरण सिर्जना गर्न, श्रमिक मजदुरहरुले बिहान र साँझमा मात्र काम गर्ने वातावरण मिलाउन समाजले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *