घामको राप (कविता)

घामको रापले जल्यो, धर्तीको यो छाल ।
सङ्घर्षको ज्वाला बन्छ, बाँच्नै पर्ने हाल ।

पानीको अभावमा, प्यासले जिउ पिरोल्छ ।
गर्मीको कडा रापले, मनलाई झन् पोल्छ ।

ओठ सुक्छ प्यासले, आँखा बन्छन् निराश ।
हावाले नि साथ दिएन, उडाउँदै त्यो रेट्छ पिठास ।

वृक्षले पनि हार मानि, छायाँ दिन्छ्न् थाकेर ।
पातहरू जलेर, खस्छ्न् भूमि बिछ्याएर ।

पशुहरू नि तड्पन्छन, पानीको झरना खोज्दै ।
गर्मीको यो आतङ्कमा, बाँच्नै पर्ने हो भनी सोध्दै ।
आकाश नि तातो, झल्काउँछ तातो प्रकाश ।
गर्मीको यो कहरले, धर्ती बनाउँछ उदास ।

तर हामीले बच्नुपर्छ, प्रकृतिलाई सजाएर ।
वृक्षारोपण गरौं, पानीको स्रोत बनाएर ।

सहयोगको हात फैलाउँ, धर्तीलाई शीतल पारौं ।
गर्मीको यो ज्वालालाई, हामीले मिलेर सारौं ।

               श्रवण कुमार यादव 
             राजपुर-३, खरदरिया दाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *