नेपालीको सम्झनामा शोकससभा, सन्तानलाई निशुल्क शिक्षाको घोषणा

हिमाल महरा

दाङ, ३२ जेठ । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर ४ ले वडा कार्यसमिति सदस्य खेतुलाल नेपालीको १३ औ दिनको पुण्य तिथीमा शोक सभा गरेको छ ।

शोक सभामा प्रमुख अतिथी कांग्रेस महासमिति सदस्य किरण किशोर घिमिरले नेपाली काङ्ग्रेसले असल युवा नेता गुमाएको बताउदै उनले पार्टीमा पुराएको योगदानको चर्चा गरेका थिए । त्यस्तै विशष्ट अतिथि समेत रहेका कांग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुवेदीले स्वर्गीय नेपालीको निधनले समाजले असल , कर्तव्यनिष्ठ ब्यक्ती गुमाएको बताए ।
शोक सभामा नेपाली काङ्ग्रेस महासमिति सदस्य किरण किशोर घिमिरे, नेपाली कांग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुवेदी, क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तेज बहादुर विक, जिल्ला सदस्य विर बहादुर खत्री (विरु), नेपाल तरुण दल केन्द्रीय सदस्य पवन आचार्य, नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सदस्य देबा जिसी, क्षेत्रिय प्रतिनिधि धनेश्वर भण्डारी, नेपाली कांग्रेस बंगलाचुली उपसभापति दोर्ण खत्री लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काङ्ग्रेस बंगलाचुली गउँपालिका–४ का वडा सभापती शिवराज परियारको सभापतित्वमा भएको सभाको सहजिकरण सचिव चित्रकान्त पुलामीले गरेका थिए । नेपालीको गत जेठ २० गते मोटरसाइकल दुर्घटना परि ज्यान गएको थियो । यसैविच स्वर्गीय नेपालीको परिवारका लागि थालिएको आर्थिक सहयोग अभियान बाट ९५ हजार ७ सय १५ रुपैया संकलन भएको अभियानका संयोजक विक्रम डाँगीले जानकारी दिएका छन् । उक्त रकम स्वर्गीय नेपालीका बुवा दिल बहादुर नेपालीलाई हस्तारण गरिएको संयोजक डाँगीले जानकारी दिए ।

संयोजक डाँगीका अनुसार स्वर्गीय नेपालीको परिवार सल्लाह अनुसार नेपालीका छोरा १५ बर्ष पश्चात निकाल्न मिल्ने गरी बंगलाचुलीमा रहेको सिटिजन्स बैंकमा छोराको नाममा ८५ हजार ९ सय १० रुपैया राखिने जनाएका छन ।
यसैगरि मृतकका २ सन्तानलाई महासमिति सदस्य किरण किशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले पढाउने घोषणा गरेका छन् । कक्षा दश सम्म प्रत्येक बर्ष १२ हजारको दरले रकम उलब्ध गराउने र कक्षा दश पछि पढ्दा जति खर्च हुन्छ त्यही अनुसार थप रकम घोषणा गर्ने उनिहरुले बताएका छन् । यसैबिच नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर–४ कार्यसमितिले मृतकको सम्झनामा खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । खेतुलाल बंगलाचुलीका एक उत्कृष्ट क्रिकेट खेलाडी समेत भएका कारण उनको सम्झनामा बंगलाचुली क्रिकेट विकास समन्वय समिति संग सहकार्य गरेर खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता अयोजना गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *