दाङमा अत्यधिक गर्मिले विद्यार्थी बेहोस

घरसञ्चार
दाङ, ३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण एक बिद्यालयमा विद्यार्थीहरु बेहोस भएका छन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यमिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए ।
बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए । गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केही दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन ।