सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : मिन विश्वकर्मा

दाङ, ३० जेठ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्माले सत्ता र शक्तिका आडमा कुनैपनि नेतालाई उन्मुक्ति दिन नहुने बताएका छन ।

नेपाल प्रेस युनियन दाङले बुधवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले राजनीतिक दलका नेताहरुसँग जोडिएका सवै घटनाहरुको सत्यतथ्य छानविन गर्नुपर्ने भन्दै दोषी देखिए कानुन अनुसार दण्डीत हुुनुपर्ने बताएका हुन ।
कुनैपनि पार्टीका नेता वा परिवारका नातेदार जोडिएकै कारण घट्नालाई प्रभाववित पार्न नहुने भन्दै नेता विश्वकर्माले कांग्रेस, एमाले, माओवादी, स्वतन्त्र पार्टी लगायतका नेताहरु जोडिएका सहकारी प्रकरण, टिकापुर जग्गा प्रकरण, ललिता निवास, भुटानी शरणार्थी, सुकुम्वासी जग्गा प्रकरणदेखि गिरीबन्धु जग्गा प्रकरणसम्म सवै घट्नाहरुको सत्यतथ्य छानविन गर्न आवश्यक रहेको बताएका थिए ।
भ्रष्ट्राचार,अनियमितालगायतका बेतिथिको बिरोधसँगै सुशासनका लागि नेपाली कांग्रेसले संसददेखि सडकसम्म निरन्तर कुरा उठाउँदै आएको भन्दै नेता विश्वकर्माले कांग्रेस भएकै कारण कसैले उन्मुक्ति नपाउने बताए ।

भुटानी शरणार्थी प्रकरणलगायतका घट्नाहरुमा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडलगायतका नेताहरु विगतमा मुच्छिएको भन्दै उहाँले कसैको बचाउनमा कांग्रेस नलाग्ने बताए । नेता र नेतृत्वसँग जोडिएका विषयमा सत्यतथ्य छानविन गरेर जनतालाई प्रष्ट पार्नुपर्ने भन्दै त्यसका लागि कांग्रेसले सहयोग गर्न तयार रहेको बताएका थिए । सहकारी प्रकरणमा कांग्रेसले कुरा उठाएकै कारण अहिले छानविनको प्रक्रिया अघि बढेको भन्दै उहाँले संसदका महासचिवको विषयमा पनि छानविन प्रक्रिया अघि बढाउनुपर्ने बताए । राज्यको निती निर्माण गर्ने स्थानमै बस्ने मानिसको नागरिकतामा खोट देखिनुले राम्रो संकेत नगर्ने भन्दै नेता विश्वकर्माले सवैलाई छानविनको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

त्यसैगरी नेता विश्वकर्माले नेपाली कांग्रेस सरकार बनाउने र ढलाउने पक्षमा नलागेको बताएका छन । उनले कांग्रेस इमान्दारिताका साथ सशक्त प्रतिपक्षको भूमिकामा बस्नुपर्ने बताए । सरकारले राम्रो काम गर्दै जनताको मन जित्न सके बर्तमान सरकार अघि बढ्ने सम्भावना रहेको भन्दै नेता विश्वकर्माले भने,‘कांग्रेस बर्तमान गठबन्धनको सरकारलाई ढालेर सरकार बनाउने पक्षमा छैन । यही सरकार निरन्तर जाओस भन्ने पक्षमा छ ।’ जनचाहना अनुसार सरकार अघि बढ्न नसके नयाँ सरकार बन्ने सम्भावना कायमै रहेको बताए । प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भटराईको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *