दाङका दशवटै पालिकामा साहित्यिक महोत्सव सञ्चालन गर्नेबारे छलफल

घरसञ्चार
दाङ । लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङले दाङका दशवटै पालिकाहरुमा साहित्यिक महोत्सव सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानले महोत्सब सञ्चालन सम्बन्धी छलफल शुरु गरेको छ । जेठ २६ गते बसेको प्रतिष्ठानको कार्यसमिति बैठकमा उपाध्यक्ष राधा गौतमले यस्तो प्रस्ताव राखेपछि छलफल शुरु भएको हो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता रं प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एव देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङका अध्यक्ष हरि पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले प्रतिष्ठानको स्थापना कालदेखी हालसम्मको समीक्षासमेत गरेको छ ।
समीक्षामा विभिन्न समयमा भएका कार्यसमितिका बैठकको अतिरिक्त प्रदेश राजधानीमा आयोजित केन्द्रीय कार्यक्रममा समायोजनको अगुवाई गरेको, बुटवल र लुम्बिनीमा भएका कार्यक्रममा सहभागिता जनाउँदै अग्रणि भूमिका खेलेको, राप्ती गाउँपालिकाको हलमा सम्पन्न “बुद्ध र विश्वशान्ति” बिषयक विचार गोष्ठिमा आयोजकको जिम्मेवारी बहन गरेको र “राप्तीद्वार” नामक प्रथम वार्षिक मुखपत्र प्रकाशन गरेकोलगायतका बिषयमा समीक्षा गरिएको थियो ।
त्यसैगरी चालू आर्थिकवर्षमा भएको खर्च रु २१,९९५।– (एकाइस हजार नौसय पन्चानब्बे) छलफल पछि अनुमोदन गरेको छ । आगामी कार्यक्रम सम्बन्धमा छलफल गर्दा नियमित बैठक र कार्यक्रमको अतिरिक्त दशवटै पालिकाहरुमा भाषा, साहित्य, कला र संस्कृति झल्किनेगरी साहित्यिक महोत्सवको आयोजना गरेर पर्यटन प्रवधनमा योगदान पुर्याउन सकिन्छ भन्ने बारेमा ब्यापक छलफल भएको थियो । छलफल पछि जिल्ला समन्वय समितिको समायोजनमा सबै पालिकाहरुका प्रमुख÷उप प्रमुख, भाषा, साहित्य, कला, संस्कृति क्षेत्रमा काम गरिरहेका स्थानीय संस्थाहरु र जिल्ला प्रशासनको समेत सहभागितामा अन्तरक्रिया सञ्चालन गरेर मात्र कार्यक्रम तय गर्ने निर्णय भएको छ ।

सो कार्यक्रमका लागि प्रतिष्ठान दाङका उपाध्यक्ष राधा गौतमलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
कार्यक्रमको रुपरेखाको बारेमा छलफल गर्दा स्थानीय रुपमा सक्रिय साहित्यिक संस्थाहरुको सहकार्य र पालिकाहरुको सहयोग एवं समायोजनमा आयोजना गरिने महोत्सवका प्रस्तुतिहरु आफ्नो स्थानबिशेष मै प्रस्तुत गराउँदा स्थानीय नागरिकमा जागरण आउने छ । सकेसम्म छोटो समयमा सम्पन्न गर्न पायक पर्ने स्थानमा दिनमा दुईवटा र टाढाका पालिकाहरुमा एउटा मिलाउने गरि छलफल चलिरहेको प्रतिष्ठानका सचिव गुरुप्रसाद कुमाल “बुलबुल”ले जानकारी दिए । बाहिरबाट आउने विशिष्ट पाहुनाहरुलाई स्थानीय ऐतिहासिक, पूरातात्वीक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको समेत अवलोकन गराउनु पर्ने भएकोले स्थानीय सरकार र जिल्ला प्रशासनसंगको प्रामर्शबाट समय तालिका मिलाउने बिचार थारु भाषा तथा साहित्य प्रतिष्ठानका अध्यक्ष छबिलाल कोपिलाले राखेका थिए ।
प्रतिष्ठानका सदस्य जीबराव शर्माले राप्ती गाउँपालिकामा आफुले समायोजन गर्ने प्रतिवद्दता जनाए भने देउखुरी साहित्य मञ्च र थारु भाषा तथा साहित्य प्रतिष्ठानले एक्यवद्दता जनाएको छ । सचिव गुरुप्रसाद कुमाल “बुलबुल”ले सहजिकरण गरेको बैठकमा भक्ति थापा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार बोमबहादुर थापा, सात्यिकार युवराज भण्डारी, बसन्त खनाल लगायतको सहभागिता थियो । यस कार्यक्रमको बारेमा जिल्ला समन्वय समितका अध्यक्ष नित्यानन्द शर्मा सकारात्मक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *