बजारमा हिड्नेलाई निरासिज युवा फाउण्डेसनको पिउने पानी

घरसञ्चार
दाङ । दाङको लमही बजारमा पर्याप्त सार्वजनिक पानीका धारा छैनन् । भएका धाराहरु सबैको नजरमा पर्दैनन् । पानी पिउनलाई होटेलमा नास्ता खानुपर्ने बाध्यता हुन्छ । तबमात्र पानी खान पाइन्छ । यो चर्को गर्मीमा पिउने पानी नपाउँदा बाटोमा हिँड्नेहरू काकाकुल बन्नेगर्छन ।
त्यसमा पनि गाउँ घरबाट आउने महिला, बालबालिका र अशक्तहरू झनै समस्यामा हुन्छन । यस्तो दृष्य टुलुटुलु हेरेर बस्न मानेन ‘निरासिज युवा फाउण्डेसनले ।’
एकदिन भएपनि चर्को गर्मिमा बजार आउनेहरुलाई फाउण्डेसनले शुद्ध पानी पिलाएको छ । लमहीको ब्यापारिक भवनको पछाडी कोईलाबास रोडमा टेन्ट खडागरी फाउन्डेसनले बजार आउने जानेलाई शुक्रबार निम्बु सहितको पानी पिलाएको हो ।
‘सेवा नै धर्म हो’ भन्ने मनासयले एकदिन भएपनि पानी पानी खुवाउनुपर्छ भन्ने उद्येस्य सहित यस्तो कार्यक्रम गरिएको निरासिज युवा फाउण्डेसनकि अध्यक्ष निर्मला चौधरीले बताईन । ‘चर्को गर्मि छ, पानी सबैले पिउन पाउनुपर्छ अध्यक्ष चौधरीले भनिन्-एकदिन भएपनि बजार आउनेहरुलाई राहात होस भनेर पानी खुवाउने कार्यक्रम गरिएको हो ।’ उनले बजारमा बिना रुपैया केही आउँदैन भन्ने बुझाईलाई चिर्दै अन्य संघसँस्थालाई पनि सहयोगी भाब सहित यस्तो कार्य गर्न सन्देश दिन खोजिएको बताईन ।
दिनभरमा ६ सय भन्दा बढिलाई सेवा दिईएको चौधरीले बताईन । उनले बजार हिड्नेहरु आफै आएर पानी दिनु न भन्दै धन्यबाद दिँदा कार्यक्रम प्रभाबकारी भएको महसुस गरिन् ।
फाउण्डेसनले मानव अधिकार, वातावरण दिवस लगायतको अबसरमा थुप्रै जनचेतनाका कार्यक्रम गरिरहेको छ । निरासिज युवा फाउण्डेसन नितान्त सामाजिक सेवाका लागि उब्जिएको युवाको समूह हो । यसमा समाजसेवी देखि विद्यार्थी हरु समाबेस छन । शिक्षालाई बढि प्राथमिकता दिने यस फाउण्डेसनले सबैले पढ्न पाउनुपर्छ भन्दै शिक्षा मुलक जनचेतनाहरु कार्यक्रम समेत गर्दै आएको छ । लमहीमा कार्यालय हुनेगरी यस फाउण्डेसनले युवालाई एकीकृत गर्दै सहयोगी भाब सहित गरिबी, शिक्षा, स्वास्थ्य, खेलकुद, कल्चर, नेतृत्व बिकाश, जनचेतना लगायतका क्षेत्रमा काम गर्दै आईरहेको छ । यस्ता सामाजिक कार्य सधै निरन्तर जारी राख्ने फाउन्डेसनले बताएको छ । फाउन्डेसनले लगत्तै कल्चरल युवा फेस्टिबलको आयोजना गर्ने जनाएको छ ।